English

अपराध

याैन दुर्ब्यवहारकाे अ‍ाराेपमा पूर्व सभासद् योगेन्द्र घिसिङ पक्राउ 

sunrisekhabar

काठमाडौं । तत्कालीन माओवादी केन्द्रबाट सभासद् रहेका योगेन्द्र घिसिङलाई प्रहरीले पक्रेकाे छ । सोमबार मध्यान्ह उनलाई लतिलपुरको जावलाखेल–खरिबोटबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । 

उनलाई एक किशाेरीमाथि याैन दुर्ब्यवाहार गरेकाे अभियाेगमा पक्राउ गरिएकाे हाे ।

रत्नपार्कबाट भैंसेपाटी जाने एक सार्वजनिक यातायातमा सवार कलेज पढ्ने एक किशोरीलाई घिसिङले यौन दुर्ब्यवाहार गरेको गुनासाेकाे अ‍ाधारमा प्रहरीले पक्राउ गरेकाे हाे । उनलाई अभद्र व्यवहार मुद्धामा म्याद लिएर अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

प्रहरीले सार्वजनिक सवारीमा हुने यौन हिंसा न्यूनीकरणका लागि ‘सेफ्टी पिन अभियान’ सञ्चालन गर्दै आएको छ । सादा पोशाकमा सार्वजनिक गाडीमा अपरेशन चलाउने प्रहरीले त्यस्तो गतिविधि फेला पारेमा तत्काल नियन्त्रणमा लिन्छन् । पूर्व सांसद घिसिङ सोही अपरेशनका क्रममा पक्राउ परेको प्रहरी स्रोतले जनाएको छ ।
 

प्राप्त प्रतिक्रिया
तपाईँको मत