English

समाज

५० हजार घुस खाने सुब्बा विरुद्ध मुद्दा

sunrisekhabar

भक्तपुर । दिब्येश्वरी जग्गा एकीकरण आयोजनामा कार्यरत नायव सुब्बा देउमान कडरियालाई ५० हजार रुपैयाँ घुस लिएको अभियोगमा मुद्दा दायर गरिएको छ । 

नायव सुब्बा देउमानले आयोजनाको जग्गाको लालपुर्जा बनाइदिने भन्दै सेवाग्राहीसँग घुस लिएको बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको थियो । 

आयोगको टोलीले देउमानलाई घुस सहित नियन्त्रणमा लिएको थियो । उनी विरुद्ध आयोगले विशेष अदालतमा आज मुद्दा दायर गरेको हो । 


 

प्राप्त प्रतिक्रिया
तपाईँको मत