English

राजनीति

बालुवाटारमा सर्वदलीय बैठक सुरु, माधव नेपालले गरे बहिष्कार 

sunrisekhabar

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

बैठकको सुरुमा प्रधानमन्त्री ओलीले बैठकको एजेन्डाबारे ब्रिफिङ गरेका छन् । बैठकमा नेकपा सचिवालयका सबै सदस्यलाई बोलाइएको भए पनि वरिष्ठ नेता माधवकुमार नेपालले बहिष्कार गरेका छन् ।

उनी मंगलबार दिउँसो प्रधानमन्त्री कार्यालय बालुवाटारमा पुगेर सात बुँदे असहमति पार्टीमा दर्ज गराएर फर्किएका थिए । प्रधानमन्त्री ओलीसँग असन्तुष्ट भएर उनी बैठकमा सहभागी नभएको स्रोतले बतायो । 

सर्वदलीय बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल, सचिवालय सदस्य झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा बादल, विष्णु पौडेल तथा संसदीय दलका उपनेता सुवास नेम्वाङ सहभागी छन् । बैठकमा कानुनमन्त्री भानुभक्त ढकालको पनि सहभागिता छ ।

त्यसैगरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कृष्णप्रसाद सिटौला, बालकृष्ण खाँण, पूर्णबहादुर खड्का सहभागी भएका छन् । 

यस्तै, समाजवादी पार्टी नेपालका तर्फबाट डा. बाबुराम भट्टराई र उपेन्द्र यादव, राजपाका तर्फबाट महन्थ ठाकुर र राजकिशोर यादव सहभागी भएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।
 

प्राप्त प्रतिक्रिया
तपाईँको मत