English

सरकार

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

sunrisekhabar

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । बैठक मंगलबार साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बताइएको छ ।

बैठकमा समसामयिक विषयमा छलफल हुने प्रधानमन्त्री सचिवालयका संचार विज्ञ रामशरण बजगाईंले जानकारी दिएका छन् । ‘संघीय संसदमा रहेका दलका प्रतिनिधिहरुलाई साँझ ५ बजे छलफलका लागि बालुवाटार बोलाइएको छ’ बजगाईंले भने ।

दोस्रो पटक प्रधानमन्त्री भएको १८ महिनापछि प्रधानमन्त्री ओलीले पहिलोपटक सर्वदलीय बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि  पर्सी बिहीबार  सिंगापुर जादै छन् ।

प्राप्त प्रतिक्रिया
तपाईँको मत