English

सरकार

भोजपुरमा थपिँदै बैंक, ग्लोबलले खोल्यो शाखा

sunrisekhabar

भोजपुर । दुर्गम पहाडी जिल्लामा स्थानीय तह मजबुत भएसँगै सदरमुकाममा चहलपहल घट्दै गए पनि निजी बैंकका शाखा थपिने क्रम भने बढ्दै छ । 

बैंकहरु पछिल्लो समय नगरपालिका र गाउँपालिका केन्द्रित भएर खुल्ने क्रम बढेको अवस्थामा ग्लोबल आइएमई बैंक लिमिटेडले भोजपुरमा एक सय ४१औँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सदरमुकामको डाँडागाउँमा सोमबारबाट औपचारिकरुपमा कारोबार सुरु गरेको बैंकका प्रबन्धक दीपक पाठकले बताए । 

भोजपुर सदरमुकाममा सरकारीस्तरका राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकका शाखा छन् भने निजीस्तरका सेन्चुरी, नेपाल बंगलादेश, मेगा, लक्ष्मी, एभरेस्ट, एनएमबी, सिटिजन, प्रभु, माछापुच्छ«े, एनआइसी एसिया, एसबीआईलगायतका शाखा यसअघि नै सञ्चालित छन् । 

सदरमुकामममा बैंकका शाखा बढे पनि ग्रामीण क्षेत्रमा भने बैंकको संख्या कम हुँदा जनतालाई बैंकिङ कारोबारमा समस्या हुने गरेको स्थानीय कृष्ण प्रधान बताउँछन् । 
 

प्राप्त प्रतिक्रिया
तपाईँको मत