English

सरकार

नेपाल–भारत संयुक्त बैठक बुधबारबाट, महत्वपूर्ण पाँच एजेन्डामा छलफल हुने

sunrisekhabar

काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको पाँचौ बैठक बुधबारबाट हुने भएको छ । 

परराष्ट्र मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गर्दै आगामी बुधबार र बिहीबार संयुक्त आयोगको बैठक बस्न लागेको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पाँचौ बैठकमा मुख्य पाँच एजेन्डामा छलफल हुने जानकारी दिए । 

बैठकमा राजनीतिक, सुरक्षा र सीमा, कनेक्टिभिटी र आर्थिक सहयोग, व्यापार तथा पारवहन, ऊर्जा तथा जलस्रोत र शिक्षा तथा संस्कृति सम्बन्धी विषयमा छलफल हुने भएको छ । यसका साथै दुई देशका सरकार प्रमुखले संयुक्त रुपमा प्रतिबद्धता जनाएका विभिन्न आयोजना र सहयोग कार्यान्वयनको मूल्यांकन गर्ने पनि मन्त्री ज्ञवालीले जानकारी दिए ।

यस्तै संयुक्त आयोगको बैठकमा दुई देशका प्रबुद्ध समूहले तयार गरेको प्रतिवेदन सरकार प्रमुखहरुलाई बुझाउने विषयमा पनि छलफल हुने छ । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनलाई सक्रिय बनाउँदै शिखर सम्मेलन गर्ने विषयमासमेत छलफल हुने छ ।

पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री ज्ञवालीले पछिल्लो समय भारत र पाकिस्तानबीच बढ्दो तनाव र कश्मीरको विषयलाई नजिकबाट हेरिरहेको प्रतिक्रिया दिएका छन् । यो दुई देश बीचको विषय भएको र यसलाई वार्ता र सहमतिबाट मात्रै निकास खोज्न सकिने उनको विश्वास छ । 
 

प्राप्त प्रतिक्रिया
तपाईँको मत