English

सरकार

घुस लिएका आकाश पक्राउ परे

काभ्रे । बनेपा नगरपालिका वडा नम्बर ११ का सहायक इन्जिनियर  आकाश श्रेष्ठ २५ हजार रुपैयाँ घुस रकम सहित पक्राउ परेका छन् । 

आकाशले २०७२ सालको भूकम्पले पूर्ण क्षति भएको घर निर्माणका लागि दिइएको राहत रकमको प्रतिवेदन तयार पार्दा सेवाग्राहीसँग घुस मागेका थिए  

स्थलगत निरीक्षण गरी घर निर्माण भएको प्रतिवेदन तयार पार्नका लागि उनले घुस मागेका थिए । सो सूचना अख्तियारले पाएपछि आकाश पक्राउ परेका हुन् । 

सो सूचनाका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिएको टोलीले श्रेष्ठलाई सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा बनेपाको एक रेष्टुरँबाट पक्राउ गरिएको हो । 

बनेपा नाला दोबाटो स्थित द किचन भान्साघर एण्ड रेस्टुरेन्टबाट आकाशलाई पक्राउ गरिएको थियो । उनी करारमा नियुक्त भएका थिए । 

प्राप्त प्रतिक्रिया
तपाईँको मत