English

राजनीति

संविधानमा लेखिएकाे 'समाजवाद उन्मुख' शब्दावली घातक भएकाे दावी

sunrisekhabar

काठमाडौं । संविधानमा समाजवाद उन्मुख लेखेर सरकारले त्यसै अनुसारको अव्यावहारिक नीति लागू गरेको कारण अर्थतन्त्र संकंटग्रस्त भएको राप्रपा (संयुक्त) ले ठहर गरेको छ । विकल्पको रुपमा सो पार्टीले कल्याणकारी उदारवादको नीति अवलम्बन गर्नु पर्ने प्रस्ताव गरेको छ ।

‘नेपालको वर्तमान आर्थिक परिवेश एकदमै प्रतिकूल र डर लाग्दो छ । यसमा मूल कारण संविधानको प्रस्तावनामा समाजवाद उन्मुख भन्ने वाक्य राख्नु हो । यसैकारण वैदेशिक लगानीमा कमी आएको हो । वैदेशिक लगानीकर्ताले लगानी गर्नु पूर्व लगानी गरिने संभावित देशको संविधान, वैदेशिक लगानी नीति, शान्ति सुरक्षा र सरकारको स्थिरताको राम्रो अध्ययन गर्छन् । नेपालको त संविधानको प्रस्तावनामै समाजवाद उन्मुख लेखिएको छ,’ राप्रपा (संयुक्त) का अध्यक्ष पशुपति समशेर जबराले भने ।

‘संविधानमा जबसम्म समाजवाद उन्मुख भन्ने शब्द राखिन्छ तबसम्म नेपालमा कुनै पनि हालतमा वैदेशिक लगानी आउदैन । त्यसैले संविधान संशोधन गरी समाजवाद उन्मुख भन्ने वाक्य हटाई कल्याणकारी उदारवाद ंसंविधानको प्रस्तावनामा राखिनु पर्दछ । तब मात्र नेपालमा वैदेशिक लगानी बढ्न गई व्यापार घाटा र ऋणात्मक सोधान्तर स्थितिको अन्त्य भई नेपाल विकसित र समृद्ध हुन जान्छ,’ राणाले ।

राप्रपा (संयुक्त) सम्वद्ध स्वतन्त्र बुद्धिजीवि मञ्चको आयोजनामा मंगलबार सम्पन्न ‘नेपालको विकास र संमृद्धिका लागि समाजवादी अर्थनीति कि लोककल्याणकारी उदार अर्थव्यवस्था ?’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै, राणाले यस्तो धारणा प्रस्तुत गरेका हुन् ।

राप्रपा (संयुक्त) का अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले समाजवादको नाममा लुटतन्त्र मच्चाएर देश खतम पार्ने प्रपंच जारी रहेको कारण संवैधानिक राजसंस्था र सनातन हिन्दू राष्ट्रको नारामा संघर्ष गर्नु बाहेको विकल्प नरहेको बताए ।

‘नेपालमा समाजवाद छैन । होली वाइनको लुटपाट छ । समाजवादको विकृत प्रयोग गर्नेले माक्र्सको मानमर्दन गरेका छन् । होली वाइन समाजवादमा भ्रष्टाचार आकाशिएको छ, नेपाल बुढाबुढीको देश बन्दैछ । उदारवाद नीति कतै छैन अनि कसरी विदेशीले नेपालमा लगानी गर्छन् । त्यसैले अब संघर्ष बाहेकको विकल्प छैन,’ उनले भने ।

परराष्ट्र विज्ञ डा. निश्चलनाथ पाण्डेले भने, ‘सरकार व्यावहारिक व्यवस्थापनभन्दा प्रचारमा केन्द्रीत छ । चावहिल–वौद्ध तीन किलोमीटर सडक दुई वर्षमा बन्न सकेको छैन, हामी भने ठूला रेलमार्गका कुरा गर्दैछौंं । रेलमार्गसँग आवश्यक सुरक्षा, व्यवस्थापन, अध्यागमन जस्ता महत्वपूर्ण पक्षबारे कतै चर्चा र तयारी छैन । नयाँ लगानीकर्ता आकर्षित गर्ने त परै जाओस् भएका लगानीकर्ता भ्रष्टाचार र प्रशासनिक जटीलताका कारण देश छोडेर गएका छन् । हामी व्यावहारिक हुन नसक्दा नेपालको समृद्धि र र विकास दिवास्वप्न साबित भएको छ । ’

प्राप्त प्रतिक्रिया
तपाईँको मत