English

समाज

पोखराकाे न्युरोडमा लागेकाे आगाे नियन्त्रण

sunrisekhabar

पाेखरा। पोखराको न्युरोडस्थित ध्रुव इलेक्ट्रिकल वर्कसमा लागेको आगो नियन्त्रणमा लिइएको छ।

पोखरा महानगरपालिकाका तीन वटा दमकल र खानेपानी ट्यांकरको सहायतामा नेपाली सेना, प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएका हुन् । दिउँसो ४ बजे सुरू भएको आगाे दुई घण्टापछि नियन्त्रणमा लिइएको थियो ।

आगलागीबाट मिनी मार्केटका २३ वटा सटरमा पूर्ण क्षति भएको कास्की प्रहरीले जानकारी दिएकाे छ । 

स्थानीय, पानी ट्याङ्कर तथा महानगरपालिकाका चारवटा दमकलको सहयोगमा आगो नियन्त्रणको प्रयास सफल भएको हो।

प्राप्त प्रतिक्रिया
तपाईँको मत