English

सरकार

‘चौतारमा बसेर गरिबको घर गन्ने काम अब बन्द हुन्छ’

sunrisekhabar

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले अर्यालले सरकारको गरिब लक्षित कार्यक्रम प्रभावकारी रुपमा अघि बढाउने बताएकी छिन् । 

काठमाडौँमा मंगलबार स्वाबलम्बन विकास कोषको २८औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले विगतमा गरिबको घरमा नपुगी कार्यालय र चौतारामा बसी गरिब घर तोक्ने कारणले सरकारको काम उपलब्धिविहीन भएको बताइन् । 

मन्त्री अर्यालले अब विगतको कमजोरी सच्याउँदै गरिब घर पहिचान गर्ने र सहायता उपलब्ध गराउने काम प्रविधि (सफ्टवेयर) मार्फत हुने जानकारी दिइन् । प्रविधिलाई कसैले छल गर्न नसक्ने भन्दै उनले पहिचान भएको लक्षित गरिब घरलाई मात्र सरकारले सहयोग उपलब्ध गराउने बताइन् । 

यस्तै सरकारले सहकारीको नियमन गर्न कर्जा सुरक्षा कोषलाई प्रभावकारी रुपमा कार्यान्वन गर्ने भएको छ । मन्त्री अर्यालले सहकारीको बेथिति रोक्न कर्जा सुरक्षा कोषलाई प्रभावकारी बनाउन लागिएको बताइन् । 

उनले सहकारीको प्रभावकारी अनुगमन नहुँदा एकै व्यक्ति धेरै संस्थामा बस्ने, पैसा अपचलन गर्ने अनि भाग्ने, फेरि नयाँ ठाउँमा जाने अनि पुरानै धन्दा गर्ने विकृति बढ्दै गएकाले कर्जा सुरक्षा कोषलाई कडाइका साथ कार्यान्वयनमा लैजान लागिएको स्पष्ट पारिन् । 

अहिले वाणिज्य बैंक र विकाश बैंकले कर्जा सुरक्षा कोषअन्तर्गत रहेर निक्षेप संकलनको सूचना र कर्जा प्रवाहको सूचना लिनेदिने गर्दै आएका छन् । विगतमा सहकारी संस्थामा कर्जा सुरक्षा कोष र सूचना आदानप्रदान गर्ने व्यवस्था लागू गर्ने भनिए पनि हुन नसकेको भन्दै मन्त्री अर्यालले अब कर्जा सुरक्षा कोषको काम व्यवहारमा प्रभावकारी रुपमा लागू गरिने बताइन् ।
 

प्राप्त प्रतिक्रिया
तपाईँको मत