• २३ मङ्सिर २०७६, सोमबार
  • Monday,09 December,2019

आरक्षण कार्यान्वयन माग गर्दै बालुवाटारमा प्रदर्शन

सनराइज खबर स‌ंवाददाता

काठमाडौं । विभिन्न जनजातिसँग सम्बन्धित संघसंस्थाले आरक्षणको कार्यान्वयन गर्न माग गर्दै मंगलबार बालुवाटारमा विरोध प्रदर्शन गरेका छन् ।

संविधानले नै समानुपातिक समावेशी सिद्धान्त सुनिश्चित गरेको सन्दर्भमा राज्यले त्यसलाई बेवास्ता गरेको भन्दै उनीहरू विरोधमा उत्रिएका हुन् । संघीयताको मूल मर्म र समानुपातिक समावेशी सिद्धान्त विपरीत लोकसेवा आयोगले विज्ञापन आह्वान गरेको भन्दै उनीहरूले मंगलबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार क्षेत्रमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीले संविधान मिच्न पाइँदैन, महिला आरक्षण सुनिश्चित गर, लोकसेवा आयोगको असमान विज्ञापन खारेज गर भन्दै नाराबाजी गरेका थिए । 

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीविरुद्ध नाराबाजी गरेका प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि सुरक्षाकर्मीसँग सामान्य झडपसमेत भएको थियो ।  
 

प्रतिकृया दिनुहोस