English

अपराध

आँखा जँचाउन गएकी युवतीलाई डाक्टरको यौन दुर्व्यवहार

sunrisekhabar

काठमाडौं । ललितपुरको कुपण्डोल स्थित एक आँखा क्लिनिकमा जँचाउन २४ वर्षीय एक युवती पुगिन् । 

लामो समय सरकारी अस्पतालमा आँखाको उपचार गरेर विशेषज्ञ कहलिएका एक डाक्टरले ती युवतीको आँखा जाँच्न थाले ।

डाक्टरले युवतीलाई ‘अक्युप्रेसर’ विधिबाट आँखा जाँच्नुपर्ने बताए । आँखाको रेटिनाको कनेक्सन शरीरका विभिन्न भागमा हुने भन्दै उनले किशोरीको वक्षस्थलमा हात पुर्‍याए । उपचारका लागि वक्षस्थलको पनि जाँच गर्न आवश्यक होला भन्ने युवतीले ठानिन् ।

एलोपेथिका ती डाक्टरले ‘अक्युप्रेसर’ विधि भन्दै हात लम्काउँदै गए । युवतीले पत्याउँदै गइन् । वक्षस्थलबाट तलतल डाक्टरको हात सर्दै गयो ।  

युवतीले अनौठो उपचार र परीक्षण विधिबारे परिवारलाई सुनाइन् । त्यसपछि प्रहरीमा उजुरी पर्‍याे । 

प्रहरीले बुधबार ती ६२ वर्षीय डाक्टरलाई पक्राउ गर्‍याे । ती डाक्टर व्हिलचेयरको सहारामा हिँड्छन् । उनको शरीरको कम्मरभन्दा तलको भाग चल्दैन । 

महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता (डिएसपी) नारायण चिमरियाका अनुसार शारीरिक अस्वस्थताका कारण कम्मर तलको भाग नचल्ने अवस्थामा रहेका ती डाक्टर विरुद्ध जबरजस्ती करणी मुद्दामा अनुसन्धान भइरहेको छ । 

‘योनीमा औंलाको पेनिट्रेसन गराउँदा जबर्जस्ती करणी गरेको ठहर्छ’, डिएसपी चिमरियाले भने, ‘यसबारे थप अनुसन्धान भइरहेको छ ।’ 
 

प्राप्त प्रतिक्रिया
तपाईँको मत