English

खेलकुद

अमेरिकाले रोक्यो सन्दीपको भिसा

sunrisekhabar

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दीप लामिछानेको भिसा आवेदन अमेरिकाले अस्वीकार गरेको छ । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत् काठमाडौं स्थित अमेरिकी दूतावासले आफ्नो आवेदन अस्वीकृत गरेको जानकारी दिएका हुन्।

आगामी सेप्टेम्बर ४ देखि क्यारेबियन प्रिमियर लिग २०१९ खेल्नको लागि भन्दै मंगलबार काठमाडौंस्थित अमेरिकी दूतावासमा उनले भिसा आवेदन दिएका थिए  । 

यस विषयमा ट्वीट गर्दै उनले भने, ‘ आगामी संस्करणको क्यारेबियन प्रिमिएर लिग खेल्नत्यता जनाको लागि भिसा लिन आज अमेरिकी दूतावास गएको थिए । मैले सन् २०१६ देखि नेपाली क्रिकेट टोलीका सदस्यका रुपमा विभिन्न प्रतियोगिता खेलेको छु भने विश्वका सबै लिग खेलको छु । तर अचम्म लाग्दो घटना,  मेरो भिसा आवेदन रद्द भयो’ । उनले उक्त ट्वीटमा प्रधानमन्त्री र नेपाल स्थित अमेरिकी दुतावासलाई मेन्सन गरेका छन् ।

 

Today I visited @USEmbassyNepal to get the visa of USA for the upcoming @CPL 2019 tournament. Being a National Cricket Player representing my country in the various leagues since 2016 around the world, i got big surprise to see my visa got rejected. @PM_Nepal @USAmbNepal

— Sandeep Lamichhane (@IamSandeep25) August 13, 2019

उनले अर्को ट्वीटमा लेखेका छन्, ‘म मुस्कुराएँ र यो देखेर म वास्तवमै निःशब्द भएको छु । पर्याप्त कागजातहरु भएपनि भिसा आवेदन अस्वीकृत हुँदा म अचम्मित भएँ । खेलाडी भएका नाताले, मलाई सीपीएलको आगामी संस्करणमा सहभागि हुन कठिन हुने भएको छ । ’ उनले यस ट्वीटमा आफ्नो टोली सीपीएल टोली बार्बाडस ट्राइडेन्ड, हेल्लो सरकार, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र परराष्ट्र मन्त्रालयलाई मेन्सन गरेका छन् ।


I was smiling and i was literally speechless to see all this, having all the proper documents i got this surprise. Being a sportsperson, its gonna be a bit hard for me to go and participate in @CPL for @BIMTridents @hello_sarkar @PradeepgyawaliK @MofaNepal

— Sandeep Lamichhane (@IamSandeep25) August 13, 2019

सोमबार मात्रै अमेरिकाले आप्रवासीका लागि नयाँ नीति सार्वजनिक गरेको थियो । जसले कानुनी रुपमै अमेरिकामा बसोबास गर्दै आएका आप्रवासीहरुको भिसा अवधि बढाउने र ग्रिनकार्ड पाउने प्रक्रियामा कडाइ गर्न सक्ने उल्लेख छ । 

यसअघि पनि अमेरिकी दुतावासले नेपालमा नाम चलेका व्यक्तित्वहरुको भिसा बिनाकारण अस्वीकार गर्ने गरेको थियो । 

प्राप्त प्रतिक्रिया
तपाईँको मत