• २८ मङ्सिर २०७६, शनिबार
  • Saturday,14 December,2019

समाजवादी पार्टीका सांसद यादवद्वारा राजिनामा

सनराइज खबर स‌ंवाददाता

काठमाडौं । सप्तरी १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सूर्यनारायण यादवले राजीनामा दिएका छन् । सांसद यादवले सोमबार सभामुख कृष्ण बहादुर महरालाई राजिनामा बुझाएका हुन् । सांसद यादवको राजिनामा स्वीकृत भएपछि उक्त क्षेत्र रित्त हुनेछ । 

व्यक्तिगत स्वास्थ्यको कारण देखाउँदै उनले राजिनामा दिएपछि उक्त स्थानमा उपनिर्वाचन गराउनुपर्ने भएको छ । यसअघि कास्की २ मा पनि उपनिर्वाचन गराउनु पर्ने भइसकेको छ । नेकपाका सांसद रविन्द्र अधिकारीको निधन भएपछि सो क्षेत्र रिक्त रहेको हो । 

प्रमुख राजनीतिक दलहरुले मंसिर पहिलो साता उपनिर्वाचन गर्दा उचित हुने सुझाव दिएपछि निर्वाचन आयोगले तयारी थालेको छ ।

अहिले तीनवटै तहमा गरेर ५० स्थान रिक्त छन् । सप्तरी समेतलाइ मान्ने हो भने ५१ स्थान हुनेछन् । प्रतिनिधिसभा सदस्य–१, प्रदेशसभा सदस्य–३, नगरपालिका प्रमुख– १, गाउँपालिका अध्यक्ष–३, गाउँपालिका उपाध्यक्ष–१ र वडाध्यक्ष–४१ पदहरु रिक्त छन् ।

सरकारले स्थानीय तहको उपनिर्वाचन मंसीर १४ मा गर्ने बताइसकेको छ । स्थानीय तहको निर्वाचनको मिति आयोगको परामर्शमा सरकारले तोक्ने कानुनी व्यवस्था छ । 
 

प्रतिकृया दिनुहोस