• २८ मङ्सिर २०७६, शनिबार
  • Saturday,14 December,2019

नेकपा सचिवालय बैठक भाेलिका लागि सर्‍याे

सनराइज खबर स‌ंवाददाता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक फेरि सरेको छ । स्कुल विभागको विभागको नेतृत्व छनौट लगायत काम टुंग्याउने गरी मंगलबार बस्ने भनिएको बैठक भोलि बुधबारका लागि सरेको हो ।  

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले एकपटक सचिवालय सदस्यसँग आज अनौपचारिक छलफल गर्ने बताएपछि बैठक सरेको नेकपाका एक नेताले सनराइज खबरलाई बताए ।

स्वास्थ्य उपचारका लागि  सिंगापुरमा गएका प्रधानमन्त्री ओली ९ दिन पछि सोमबार मात्रै स्वदेश फर्किएका छन् । 

यसअघि स्कुल विभागको विवाद टुंगो लगाउन नसक्दा पटक पटक स्थगित हुदै आएको बैठक प्रधानमन्त्री सिंगापुर जाने भएपछि १५ दिनका लागि स्थगित गरिएको थियो ।

स्कुल विभाग विवाद लगायतका काम टुंग्याउन नसक्दा एकता प्रक्रिया प्रभावित भएको छ ।

तत्कालिन एमाले र माओवादीबीच एकता भएको झण्डै १३ महिना पुगिसक्दा पनि एकता प्रक्रियाले अझै पूर्णता पाउन सकेको छैन । 

प्रतिकृया दिनुहोस