English

राजनीति

बजेटको ठूलो हिस्सा भ्रष्टाचारमै सकिन्छ : माधव नेपाल

sunrisekhabar

काठमाडौं । सत्तारुढ दल नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको बजेटको ठूलो हिस्सा भ्रष्टाचार हुने भन्दै भ्रष्टाचार नियन्त्रण गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

सोमबार काठमाडौंमा ‘नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन’ को उद्घाटन गर्दै उनले बजेटको ठूलो हिस्सा भ्रष्टाचार हुने गरेकाले मुलुक अघि बढ्न नसकेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न सरकार गम्भीर हुनुपर्ने बताएका हुन् । 

नेता नेपालले युवाहरूलाई उद्यमशील बनाउन पनि प्रोत्साहनको नीति लिन सरकारलाई सुझाव दिए । उनले युवाहरूलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न, उत्पादन वृद्धि गरेर आम्दानी बढाउने कुराको उचित व्यवस्था सरकारले गर्नुपर्ने बताए ।

कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले युवा उद्यम विकासका लागि सरकारले आवश्यक लगानीको व्यवस्था गर्ने गरी नीति तथा कार्यक्रम र बजेट ल्याएको जानकारी गराए । उनले रोजगारीको अवसर सिर्जना गर्ने, उत्पादन वृद्धि गर्ने र आयात प्रतिस्थापन गरेर अघि बढ्ने सरकारको नीति रहेको बताए । 

अर्थमन्त्री खतिवडाले मुलुकको आर्थिक वृद्धिका लागि सरकारले कृषि उद्योगलाई पहिलो प्राथमिकतामा राखेको पनि स्पष्ट पारे । 

प्राप्त प्रतिक्रिया
तपाईँको मत