• २८ मङ्सिर २०७६, शनिबार
  • Saturday,14 December,2019

विवादित विधेयक सरोकारवालाकाे सहमतिपछि मात्रै अघि बढाइन्छ : ऊर्जामन्त्री

सनराइज खबर स‌ंवाददाता

काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले मिडिया काउन्सिल लगायतका विवादित विधेयकहरु सरोकारवाला निकायसँग सहमति गरेर मात्रै अघि बढाउने प्रतिबद्धता जनाएका छन् । 

मन्त्री पुनले सरकारले ल्याएको विधेयक एक्लै पास गरेर अघि बढ्ने पक्षमा नरहेको पनि स्पष्ट पारे । ‘सरोकारवाला निकायसँग छलफल हुन्छ’, मन्त्री पुनले भने, ‘सरोकारवाला निकायसँगको सहमतिपछि मात्रै ती विधेयकलाई अघि बढाउन सरकार तयार छ ।’ 

नेपाल आदिवासी जनजाति पत्रकार महसंघ (फोनिज) को २०औं स्थापना दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले सरकार समावेशी लोकतन्त्रको मूल्य र मान्यताअनुसार सबैको मत लिएर अघि बढ्ने दाबी गरे । मन्त्री पुनले पुरानै राजनीतिक प्रणालीको अवशेष अझै पनि बाँकी रहेको हुन सक्ने भए पनि सरकार नयाँ राजनीतिक ढाँचाअनुसार अघि बढ्न प्रतिवद्ध रहेको जनाए ।

मन्त्री पुनले संविधानले समावेशितालाई जोड दिएको उल्लेख गर्दै सरकार सोही मान्यताअनुसार अघि बढिरहेको दाबी गरे ।

प्रतिकृया दिनुहोस