• २८ मङ्सिर २०७६, शनिबार
  • Saturday,14 December,2019

त्यो अफगानिस्तान, यो अफगानिस्तान 

सनराइज खबर स‌ंवाददाता

म राजधानी काबुलदेखि नजिकको गाउँमा जन्मिएँ, हुर्किएँ । मेरा पिता–पुर्खा आफ्नो समुदायका अगुवा थिए । सरकार र स्थानीयबीच देखिएको समस्या समाधानमा उनीहरूले पहल गर्ने गरेका थिए । मेरो गाउँ चिनर यस्तो ठाउँ थियो, जहाँ अशान्ति र अस्थिरता निम्तिन सक्ने खतराप्रति सरकार सधैँ सचेत रह्यो । त्यसैले स्थानीयलाई सरकारले सधैं खुसी राख्ने प्रयास गरेको थियो । 

यस क्षेत्रमा सडक तथा विद्युत भण्डारण गृह पनि थियो । जसको रक्षार्थ पनि स्थानीयलाई खुसी राख्नुपर्ने बाध्यता सरकारसामु थियो । सेनाका जागिरे मेरा बाबु सारबोबी ड्याम र काबुलबीचको बिजुलीको रेखदेख गर्थे । 

मेरा बाबु जातीय सेनामा थिए र सारबोबी ड्याम र काबुलबीचको बिजुलीको रेखदेख उनकै जिम्मा थियो । 

सन् १९७० को दशक अफगानिस्तानमा अस्थिरता सुरु भयो । १९७३ मा राजतन्त्र फालियो, अफगानिस्तानमा प्रजातन्त्र आयो । सञ्चारमाध्यमले स्वतन्त्रता पाएसँगै काबुलमा पत्रपत्रिकाका कार्यालय खुल्न थाले । 

राजनीति पार्टीहरूले आफ्नो संगठन विस्तार गर्न थाले । अफगानिस्तान खुला हुनुको फाइदा स्वदेशका जनताले मात्रै उठाएनन्, विदेशी शक्तिहरूले पनि आफ्नो स्वार्थको रक्षार्थ अभियान चलाउन थाले । त्यस्ता देशहरूमध्ये सोभियत युुनियन अग्रणी थियो । उसले मध्य–एसियाली देशहरूलाई सधैं पकडमा राख्न चाह्यो र अफगानिस्तान अछूतो रहेन । 

सन् १९७८ मा सोभियत निकट पार्टीहरूले दाउद खान नेतृत्वको निर्वाचित सरकारलाई बर्खास्त गरे । यो प्रहार कम्युनिस्टविरुद्ध फरक मत राख्नेहरूविरुद्ध थियो । विरोधमा आन्दोलन भएपछि सोभियत युनियनले एक लाख सेना र विमान अफगानिस्तान पठायो । 

म यतिबेला केवल दु२ वर्षको थिएँ । यसपछिका केही वर्ष मेरो परिवारमा सोभियत युनियनको अत्याचारका विषयमा मात्रै कुरा हुन्थ्यों । मैले आफू हुर्किँदाको समय यस्तै–यस्तै सुनें । 

मेरो गाउँमा विद्यालयहरू बन्द भए । आफूभन्दा ठूला दाइहरूले नै हामीलाई पढ्न सिकाउँथे । मलाई हिउँ परेको समय अरेबिक लेख्न थालेको अभैm याद छ । सोभियतविरोधी भावनाले मेरो परिवारलाई मुजाहिदिन (इस्लामिक संगठन) को समर्थनमा लाग्न प्रेरित गरेको थियो । हाम्रो पूरै गाउँको अवस्था यही थियो । 

हामीले मुजाहिदिनलाई भित्री रूपमा सहयोग ग¥यौँ । खाना र लुक्ने सेल्टर दियौं । जब सोभियत शासकले यो बुझे, त्यसपछि उनीहरूले हाम्रो गाउँमा एम्बुस थापिदिए । 

मेरा बुबासहित परिवारका ६ सदस्य यही एम्बुसमा मारिए । सोभियतले मुजाहिदिन विद्रोही तह लगाउन एकपछि अर्को गरेर युद्धक विमान पठायो । 

अवस्था प्रतिकुल भएपछि हामी परिवारका बाँकी सदस्य र छरछिमेकीले पाकिस्तान यात्रा सुरु ग¥यौं । तीन दिन हिँडेपछि हामी पाकिस्तानी सीमा क्षेत्रको शरणार्थी शिविरमा बस्यौँ । यो अफगान मुजाहिदिनको आधार इलाका पनि थियो । 

यस शिविरमा खानेपानी, खाद्यान्नलगायत आधारभूत कुराको अभाव भए पनि बालबालिकाका लागि पढ्ने स्कुल थियो । तर, अन्तर्राष्ट्रिय समुदायले सञ्चालन गरेको यस विद्यालयमा कक्षा ४ नपुग्दै हामीलाई बन्दुक चलाउन सिकाइयो । त्यसपछि लामो समयसम्म इस्लामका रीति–थिति रटाइयो । 

अफगानिस्तानको छिमेकी पाकिस्तान र अन्तर्राष्ट्रिय समुदायले हतियारसहितका जिहादी संगठनलाई साथ दिएका थिए । यो त्यस्तो समय थियो, जतिबेला धेरै अफगानीलाई जिहाद के हो भन्ने थाहा थिए । अवश्य पनि अफगानीहरू मुस्लिम हुन्, तर कट्टर थिएनन् । धेरैले अन्तर्राष्ट्रिय समुदायले शरणार्थी शिविरमा सञ्चालन गरेका कक्षाकोठामै जिहाद पढे । 

अन्तर्राष्ट्रिय समुदायले सोभियत युनियनलाई खेद्नका लागि मुजाहिदिनलगायतका जिहादी संगठनलाई सहयोग त गरे । तर, उनीहरूले बुझ्न सकेनन् यी हतियार कुनै दिन लडाकूहरूले अमेरिका, युरोप, साउदी र पाकिस्तानविरुद्ध नै तेस्र्याउने छन् । 

पाकिस्तानको हजरत ओमर फरुक उच्च माविबाट मैले ग्राजुएटसम्म पढें । यो धार्मिक विद्यालय थियो । धेरै तालिवान नेताहरूले पनि यहीं पढेका थिए । मैले सातामा एक वा दुई पटक मदरसा घुम्ने क्रममा तालिवान कसरी उत्कर्षमाा पुग्दै छ भन्ने अनुभव गरेको थिएँ । 

विद्रोह चर्किदैं गएपछि सोभियत सेना सन् १९८९ मा अफगानिस्तानबाट फिर्ता भयो । यतिबेलासम्म हजारौं अफगानीको मृत्यु भइसकेको थियो । त्यसैले सोभियतले देश छाड्दैमा शान्ति आउने अवस्था थिएन । अस्थिरता गहिरियो । 

कम्युनिस्ट राष्ट्रपति डा. नाद्जिबुल्लाहको कमान्डमा केही वर्षसम्म देश चल्यो । त्यसपछि सन् १९९२ मा मुजाहिदिनले सफलतापूर्वक काबुलमा मार्चपास ग¥यो । नाद्जिबुल्लाह युएनको कार्यालयमा गएर लुके । यसपछि मुजाहिदिनका हरेक लडाकूले आफैंलाई शासक दाबी गर्न थाले । औपचारिक रूपमा बुर्हानुद्दिन रब्बानी राष्ट्रपति थिए, तर निकै कम उनको शासन भूभागमा चल्थ्यो । धेरै ठाउँ विपक्षीहरूको कब्जामा थियो । 

यसरी, देशमा गृहयुद्ध सुरु भयो र काबुल ध्वस्त भयो । यतिबेलासम्म म पाकिस्तानको शरणार्थी क्याम्पमै थिएँ । पत्रकारिता अध्ययन भर्खरै सुरु भएको थियो । तर, इस्लामावाद र काबुलबीचको कूटनीतिक सम्बन्ध बिग्रिएपछि मेरा लागि विश्वविद्यालयको ढोका पनि बन्द भयो । 

म अफगानिस्तान फर्किएँ । गृहयुद्धले थलिएको यस मुलुकमा तालिवान नामक विद्रोहीले शान्तिको आशा देखाएको थियो । त्यसैले उसले चाँडै जनताको मन जित्यो । 

मुजाहिदिनका तत्कालीन नेता तथा अफगानिस्तानका राष्ट्रपति बुर्हानुद्दिन पनि यस खेलमा प्रयोग भए । उनले आफ्ना विपक्षी हेक्मतयारलाई हराउन भित्री रूपमा तालिवानलाई साथ दिए । जब कि, तालिवानको स्पष्ट लक्ष्य बुर्हानुद्दिनलाई हटाउनु थियो । २६ सेप्टेम्बर, १९९६ मा तालिवानले काबुल कब्जा ग¥यो । यसपछि नयाँ कानुन लागू भयो । तर युद्ध अन्त्य भएन । फेरि एकपटक लाखौं जनताले देश छाड्नुपर्ने अवस्था आयो । 

यतिबेला म व्यावसायिक पत्रकार भइसकेको थिएँ । काबुलमा स्वतन्त्र मिडिया र पत्रकारका लागि कुनै ठाउँ थिएन । हामी भूमिगत भएर काम गथ्र्यौं । ११ सेप्टेम्बर, २००१ मा न्युर्योक र वासिङटनमा हमला भएपछि अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यु बुसले तदाकथित ‘आतंकवादविरुद्धको युद्ध’ सुरु गरे । जसको पहिलो निसानामा काबुलको तालिवनी सत्ता प¥यो । 

यस समय मैले एनबिसी टेलिभिजनका लागि काबुलबाट रिपोर्टिङ गरेको थिएँ । मलाई लाग्छ जुन धेरै चुनौतीपूर्ण थियो र अहिले पनि छ । एकपटक एउटा अमेरिकी रकेट म बसेको पसल नजिकैबाट गएको थियो । धन्न दुर्घटना भएन, म बाँचेँ । मैले युद्धका कारण विस्थापित, परिवार गुमाउने मजस्ता परिवारका धेरै व्यक्तिका समाचार लेखेको छु । धेरै ठाउँमा हमलापछि चिच्याएका मानिसहरूको आवाज सुनेको छु । 

तालिवानको अन्त्यसँगै अफगानिस्तानमा शान्ति आउने आशा फेरि पलाएको थियो । ठूलो संख्यामा विस्थापितहरू घर फर्कन पनि थालेका थिए । सडक, खानेपानी, विद्युत्, स्वास्थ्यचौकीलगायतको पुनर्निर्माण हुँदै थियो । तर, पुनर्निर्माणले गति लिनुअघि नै २००५ बाट फेरि तालिवान बलियो भयो । गृहयुद्ध चर्किएपछि म आफ्नो परिवारसहित चिनरबाट सन् २००६ मा काबुल आएँ । फेरि, खतरनाक वर्षहरू फर्किए ।

यसरी मैले जीवनभर युद्ध मात्रै देखेको छु । त्यसैले शान्तिका लागि म बाँचुन्जेल लड्छु ।

अहिले तालिवान र अमेरिका फेरि एकपटक वार्ताको टेबुलमा छन् । पाकिस्तानलगायतका देशले पनि यसमा मध्यस्थता गर्ने संकेत देखिएको  छ । तर मेरो बुझाइमा देश बनाउन अफगानी आफैंले पहल लिनुपर्छ । अन्तर्राष्ट्रिय सहयोग र सहकार्यका नाममा हुने हस्तक्षेपले विदेशीको स्वार्थपूर्ति गर्ला, अफगानिस्तानको भलो गर्दैन । 

(देनिस कारोखेल सन् २००८ मा अन्तर्राष्ट्रिय प्रेस फ्रिडम अवार्डबाट सम्मानित पत्रकार हुन् ।)


 

प्रतिकृया दिनुहोस