• २८ मङ्सिर २०७६, शनिबार
  • Saturday,14 December,2019

कैलालीमा हँसिया प्रहार गरेर बाबुको हत्या

खबर स‌ंवाददाता

काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–११ सिसैया टोलमा हँसिया प्रहार गरेर आफ्नै छोराले बावुको हत्या गरेका छन् । 

५५ वर्षीय उदय राउतले आफ्नै बावु ७५ वर्षीय काल्चे राउतलाई हँसियाले हानेर हत्या गरेको प्रहरीले जनाएको छ । 

हत्यामा संलग्न उदयलाई प्रहरीले पक्राउ गरेको छ । 

उदयले मादक पदार्थ सेवन गरी आफ्नै बावुको हत्या गरेको र आमालाई समेत हँसियाले हिर्काएर गम्भिर घाईते बनाएको बताईएको छ । 

हँसियाको चोटबाट घाईते भएकि आमा नन्दा राउतलाई उपचारका लागी बाँकेको कोहलपुर मेडिकल कलेजमा पठाईएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।


 

प्रतिकृया दिनुहोस