सामाजिक सुरक्षा कार्यान्वयनमा सरकार प्रतिबद्ध : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सामाजिक सुरक्षा कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
सोमबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले भने - ‘सामाजिक सुरक्षालाई संविधानले मौलिक हकको रुपमा स्थापित गरेको छ, त्यसको कार्यान्वयनमा सरकार प्रतिवद्ध छ’ ।
उनले गरिव, पछाडि परेका समुदाय, वृद्ध, अशक्त, अपांगता भएका व्यक्ति र एकल महिलाहरुलाई सरकारले सामाजिक सुरक्षा अन्तरगत भत्ताको व्यवस्था गरेको पनि बताए ।
अर्थमन्त्री खतिवडाले सामाजिक सुरक्षालाई महत्व दिएर नेपाली समाजले विपद् व्यवस्थापनमा उल्लेख्य योगदान दिन सफल भएको पनि बताए ।
उनले गुठीहरु नेपालको सामाजिक सुरक्षाको महत्वपूर्ण स्रोत भएको जिकिर गरे ।
सरकारले यही १ साउनदेखि सामाजिक सुरक्षा योजना कार्यन्वयनमा ल्याएको छ ।
प्रतिकृया दिनुहोस