• २९ मङ्सिर २०७६, आइतबार
  • Sunday,15 December,2019

टी-२० विश्वकप एशिया छनोट : सिंगापुरकाे विजयी सुरुवात

सनराइज खबर स‌ंवाददाता

काठमाडौं । आईसीसी टि–२० विश्वकपको  एशियाली छनोट प्रतियोगितामा सिंगापुरले विजयी सुरुवात गरेको छ । सिंगापुरले कतारलाई ३३ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले २० ओभरमा सात विकेट गुमाउँदै १८६ रन बनाएको थियो । सिंगापुरका लागि सुरेन्द्रन चन्द्रमोहनले ४७ रनको योगदान दिए । यस्तै, टिम डेविडले ३८, मनप्रित सिंहले ३४ र रोहन रंगराजनले ३२ रन बनाए ।

कतारका इकबाल हुसेनले चार तथा नोउमन सरवारले दुई विकेट लिए ।

जवाफमा १८७ रनको लक्ष्य पछ्याएको कतारले २० ओभरमा नौ विकेट गुमाउँदै १५३ रन मात्र बनाउन सक्यो । कतारका कप्तान तमुर सज्जादले ३४, मोहम्मद रिजलानले ३३, फाइसल जावेदले २९, र मुहाम्मद तानबीरले २६ रन जोडे ।

सिंगापुरका जनक प्रकाश र अम्जद महबुबले समान तीन/तीन विकेट लिए ।

प्रतियोगिता अन्तर्गत भोलि नेपालले कतारसँग खेल्नेछ ।

प्रतिकृया दिनुहोस