English

राजनीति

प्रचण्डको निवासमा बिहानै पुगे गुप्तचर संस्था ‘रअ’का प्रमुख 

sunrisekhabar

काठमाडौं । नेकपा नेता पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा भारतीय गुप्तचर संस्था ‘रअ’को ठूलो टोली आज बिहान साढे आठ बजेतिर पुग्यो । 

तीनवटा मोटरमा आएका गुप्तचर अधिकारीहरुका बीच सो गुप्तचर संस्थाका प्रमुख सामन्त गोयल पनि छन् भन्ने त्यहाँ सुरक्षामा तैनाथ प्रहरीहरुले समेत थाहा पाएनन् । 

नेकपाभित्र विभागहरु गठनलाई लिएर चलिरहेको खिचातानी र प्रचण्ड निवासमा हुने वैठकको समाचार बनाउन यो संवाददाता प्रचण्ड निवास खुमलटारमा पुगेको थियो । तीनवटा मोटरमा आएका भारतीयहरु को हुन् भनी सोधीखोजी गर्दा त्यहाँ तैनाथ प्रहरीहरुले नै बताउन सकेनन् । 

बरु, पत्रकार भन्ने चिनेपछि सुरक्षामा तैनाथ प्रहरीहरुले उल्टै यो संवाददातालाई सोध्न थाले– ‘को हुन् यिनीहरु ?’

यो संवाददाताले एक स्रोत मार्फत् पुष्टि गर्यो– ती भारतीयहरु अरु कोही होइनन्, रअका प्रमुख सामन्त गोयल हुन् । 

यो संवाददाता त्यहाँ पुग्दा नेकपाका नेता प्रभु साह बाहिरिँदै थिए । त्यसपछि निवास सुनसान जस्तै बन्यो । तर, बातावरण भने निक्कै अनौठो देखिँदैथ्यो प्रचण्ड निवासमा । बाहिरका व्यक्ति तथा नेता कार्यकर्ता कसैलाई पनि भित्र लगिएको थिएन । 

स्रोत अनुसार रअका प्रमुख निवासमै भेट्न आउने भएपछि अध्यक्ष प्रचण्डले बिहान हुने भेटघाट सबै रद्द गरेका रहेछन् । 

गुप्तचरहरुलाई स्वागत गर्न अध्यक्ष प्रचण्ड ढोकासम्म आएको देखिएको थियो । उनले मुख्यगरी सामन्त गोयललाई निकै जोडजोडसँग हात मिलाउँदै भित्र लगेका थिए । 

त्यसपछि निवास भित्रबाट कुरा चुहियो– रअका प्रमुख सामन्त जैनसहितका अधिकारीहरुबीच प्रचण्ड निवासको मूल वैठकमा केहीबेर कुराकानी भयो । त्यसपछि प्रचण्ड र सामन्त दुईजना मात्र माथिल्लो तलामा चढे । उनीहरुबीच लामो गोप्य वार्ता भयो । 

याे पनि पढाैं -

दूतावासमै गएर देउवाले पनि भेटे रअका प्रमुखलाई

भारतीय गुप्तचर संस्था 'रअ' का प्रमुख काठमाडाै‌मा

काठमाडौंबाट फर्कियो ‘रअ’को गुप्तचर टोली

प्राप्त प्रतिक्रिया
Ram Manandhar लेख्नुहुन्छ ६ श्रावण, २०७६ ४:५३ pm

desh sakney khel ..kheli rakheyko cha yo neta haru le.

तपाईँको मत