भारतीय गुप्तचर संस्था 'रअ' का प्रमुख काठमाडाैमा

काठमाडौं । भारतीय गुप्तचर एजेन्सी 'रअ'का प्रमुख सामन्त गोयल नेपाल आएका छन् । उच्च स्रोत अनुसार उनी आइतबार राती नेपाल आएका हुन् ।
विदेशमा भारतका लागि गुप्तचरी गर्ने निकाय 'रअ'मा केही दिन अघि मात्र गोयल नियुक्त भएका हुन् ।
उनी काठमाडौंको ह्यात होटलमा बसेको बुझिएको छ । स्रोत अनुसार उनको साथमा रअका उच्च अधिकारीहरु पनि आएका छन् । केही अधिकारीहरु भने र्याडिसन हाेटलमा बसेकाे बुझिएकाे छ ।
रअको टोलीले नेपालमा भेट्नका लागि पहिलो प्राथमिकता नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ । प्रचण्ड निवासमा रअकाे टाेली अाज बिहानै पुगेकाे छ ।
रअका प्रमुखले प्रचण्डलाई कसरी भेटे ? यसबारे स्थलगत रिपाेर्टिङ केही बेरमा प्रकाशित हुँदैछ ।
प्रतिकृया दिनुहोस