English

राजनीति

नेकपाका जिल्ला इन्चार्ज र सह–इन्चार्ज (सूचीसहित)

मन्त्री, मुख्यमन्त्री र महानगर प्रमुखले पनि पाए जिम्मेवारी
sunrisekhabar

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ७७ वटै जिल्लाका इन्चार्ज र सह–इन्चार्जको टुंगो लगाएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार दिउँसो बसेको नेकपाको सचिवालय बैठकले ७७ वटै जिल्ला कमिटी र जिल्ला कमिटीकै मान्यता पाएका ६ वटा महानगरपालिकाका इन्चार्ज र सहइन्चार्जको टुंगो लगाएको हो । 

नेकपाले संघीय सरकारका मन्त्री, प्रदेश सरकारका मुख्यमन्त्री र महानगरपालिकाका प्रमुखलाई समेत जिल्ला इन्चार्जको जिम्मेवारी दिएको छ । 

सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटाले काभ्रे जिल्लाको इञ्चार्जको जिम्मा पाएका छन् । यसैगरी भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्मा अर्यालले स्याङ्जा जिल्ला इञ्चार्जको जिम्मेवारी पाएकी छन् ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही कालिकोट जिल्ला इन्चार्ज बनेका छन् ।

यसैगरी भरतपुर महानगरपालिकाको इञ्चार्जको जिम्मेवारी महानगरकी मेयर रेणु दाहालले पाएकी छन् ।

त्यसैगरी काठमाडौं महानगरपालिकाको इञ्चार्जको जिम्मेवारी जिवनराम श्रेष्ठलाई दिइएको छ । 

त्यस्तै, विराटनगर महानगरको इन्चार्जमा शिवकुमार मण्डल, वीरगञ्ज महानगरको इन्चार्जमा दिनेश राई, पोखरा महानगरको इन्चार्जमा मानबहादुर जिसी र ललितपुर महानगरको इन्चार्जमा सुशीला नेपाल चयन भएका छन् ।

आजको बैठकले पार्टीका विभाग, आयोग र प्रवास संगठनको नेतृत्व भने टुंगो लगाउन सकेन ।

पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार पर्सी मंगलबार बस्ने बैठकले विभाग र आयोगहरुको टुंगो लगाउने छ ।

नेकपामा ३२ वटा विभाग रहने व्यवस्था छ । जसमा १८ वटा तत्कालिन एमाले र १४ वटा विभागको नेतृत्व माओवादी केन्द्रलाई दिन अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमति जुटिसकेको छ । 

उनीहरुबीच विभाग अन्तरगत संगठन विभाग, विदेश विभाग, नीति तथा प्रतिष्ठान विभाग तत्कालीन एमाले र अर्थ विभाग तथा प्रचार विभाग तत्कालीन माओवादी केन्द्रलाई दिने सहमति भएको छ । तर पार्टी स्कुल विभागमा भने एमाले र माओवादी केन्द्र दुवैले दाबी गरेको बताइएको छ । 

आइतबारको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै, नेकपाका नेता बामदेव गौतमले पार्टी संगठन विभाग प्रमुखको जिम्मेवारी आफूले पाउने टुंगो लागेको दावी गरेका थिए ।

यस्तो छ सूची:

प्राप्त प्रतिक्रिया
तपाईँको मत