• २८ मङ्सिर २०७६, शनिबार
  • Saturday,14 December,2019

नेकपाले टुंगाे लगायाे ७७ जिल्ला इन्चार्ज र सहइन्चार्ज

सनराइज खबर स‌ंवाददाता

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ७७ वटै जिल्लाका इन्चार्ज र सह–इन्चार्जको टुंगो लगाएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार दिउँसो बसेको नेकपाको सचिवालय बैठकले ७७ वटै जिल्ला कमिटी र जिल्ला कमिटीकै मान्यता पाएका ६ वटा महानगरका इन्चार्ज र सहइन्चार्जको टुंगो लगाएको हो । 

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘बैठकले ७७ जिल्ला र जिल्ला सरहकै मान्यता पाएका छ महानगरपालिकाका इन्चार्ज र सहइन्चार्जको टुंगो लगाएको छ’ ।

टुंगो लागेका नाम साँझसम्ममा सार्वजनिक हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

नेकपामा पार्टी एकताअघि तत्कालीन एमाले र माओवादी केन्द्रका तत्कालीन इन्चार्जहरूले नै इन्चार्ज र सह–इन्चार्जको जिम्मेवारी पाएका छन् । 

बैठकले पार्टीका विभाग र आयोगको नेतृत्व भने टुंगो लगाउन सकेन ।

उनले विभागहरुको टुंगो मंगलबार बस्ने सचिवालय बैठकले लगाउने पनि बताए । ‘विभाग, आयोग, केन्द्रीय निकाय र प्रवास संगठनको एकतालाई अन्तिम रूप दिन पर्सि सचिवालयको अर्को बैठक बस्छ’,  श्रेष्ठले भने ।

आगामी बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने नेकपाले जनाएको छ ।

प्रतिकृया दिनुहोस