• ३० मङ्सिर २०७६, सोमबार
  • Monday,16 December,2019

कांग्रेसले राष्ट्रिय प्रशिक्षण कार्यक्रम गर्ने

सनराइज खबर स‌ंवाददाता

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले महाधिवेशन प्रतिनिधिका लागि साउन १६ देखि प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

आइतबार बसेको कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठकले सात प्रदेशका १२ ठाउँमा प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरेको हो ।

बैठकले जगदीशचन्द्र पोखरेलको संयोजकत्वमा पाठ्यक्रम निर्माण समिति गठन गरेको छ । सो समितिमा नेतृ आरजु राणा देउवा, हरिहर विरही, राजु नेपाल र प्रशिक्षण महरा सदस्य छन् ।

त्यसैगरी कांग्रेसले तारानाथ दाहालको संयोजकत्वमा निर्देशिका निर्माण समिति गठन गरेको छ ।  सो समितिको सदस्यमा भद्रा पराजुली भण्डारी र रामजी कङ्ग्रेन छन् ।

त्यसैगरी खिलानाथ दाहालको संयोजकत्वमा स्रोत व्यवस्थापन समिति बनाइएको छ । सो समितिमा सुभास पोखरेल, प्रभु बुढाथोकी, भद्रा पराजुली भण्डारी, कमला लामिछाने, भगिरथ पोद्धार र योगराज शर्मा कँडेल सदस्य छन् ।

साउन १६ देखि सुरु हुने प्रशिक्षण दुई दिनसम्म सञ्चालन हुने कांग्रेसले जनाएको छ ।

बैठकले कांग्रेसबाट गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षमा विजयी जनप्रतिनिधिका लागि काठमाडौंमा राष्ट्रिय प्रशिक्षण कार्यक्रम गर्ने निर्णय पनि गरेको छ ।

प्रतिकृया दिनुहोस