• ३० मङ्सिर २०७६, सोमबार
  • Monday,16 December,2019

अफ्रिका कप अफ नेसन्सकाे फाइनलमा जे देखियाे (फाेटाे फिचर)

सनराइज खबर स‌ंवाददाता

अफ्रिकf कप अफ नेसन्सको उपाधि दाेस्राेपटक अल्जेरियाले जितेकाे छ । शुक्रबार राति इजिप्टमा भएको फाइनल खेलमा अल्जेरियाले सेनेगललाई १–० गोलले हरायो । यसअघि अल्जेरियाले सन् १९९० मा पहिलो पटक उपाधि जितेको थियो ।

खेलको दोस्रो मिनेटमा अल्जेरियाले गरेको गोल नै निर्णायक बन्यो ‌। बागदाद बोउनेदजाको प्रहार सेनेगेलका सालिफ सानेलाई ठोकिँदै गोल भएको थियो । खेलको सुरुमै अग्रता लिएपछि रक्षात्मक देखिएको अल्जेरिया अन्तिमसम्म सेनेगललाई रोक्न सफल भयो ।

दोस्रो हाफमा आक्रामक देखिएको सेनेगलले केही राम्रा अवसर गुमाएको थियो । दोस्रो हाफमा रेफ्रीले सेनेगललाई पेनाल्टी दिए पनि  भिएआरको सहायतामा तत्काल निर्णय बदर गरेका थिए । त्यसपछि अन्तिम मिनेटसम्म गोल फर्काउन प्रयासरत सेनेसफल गोलरहित निराश बन्यो ।

अल्जेरिया र सेनेगलबीचकाे राेमाञ्चक फाइनल खेलका केही तस्बिर : (तस्बिर सबै : सिन्ह्वा)

प्रतिकृया दिनुहोस