• २८ मङ्सिर २०७६, शनिबार
  • Saturday,14 December,2019

राष्ट्रिय सभा विज्ञहरुको सभा हो भन्ने पुष्टि भयाे : कोमल वली

सनराइज खबर स‌ंवाददाता

काठमाडाै‌ । राष्ट्रिय सभा सदस्य कोमल वलीले राष्ट्रिय सभा विज्ञहरुको सभा भएकाे आज प्रष्ट भएको बताएकी छिन् ।

आज राष्ट्रिय सभामा बोल्दै वलीले भनिन्, 'संविधानले परिभाषित गरे जस्तै राष्ट्रिय सभा परिपक्व र विज्ञहरुको सभा हो भन्ने आज प्रष्ट भएको छ ।'

आज आएको जरुरी सार्वजनिक महत्वको प्रस्तावले राष्ट्रिय सभाको गरिमा र महत्वलाई उच्च पारेको उनले बताइन् । 'दलगत रुपमा छुट्टाछुट्टै देखिए पनि दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रका लागि एकजुट भएर काम गर्छौ भन्ने पनि आज देखिएको छ', उनले भनिन् ।

प्राकृतिक प्रकोपका कारण जनधनको क्षति भएकोप्रति दुख व्यक्त गर्दै वलीले घाइतेहरुको उपचारमा कुनै कसर बाँकी नराख्न सरकारसँग आग्रह गरिन् । 

सरकारले चाहेर पनि प्राकृतिक प्रकोप रोक्न नसक्ने भन्दै उनले भनिन्, 'प्राकृतिक प्रकोप सरकारले चाहँदाचाहँदै रोक्न सक्ने हाेइन । तर पूर्वतयारी व्यवस्थापन गर्ने र भइसकेको घटनालाई सहज रुपमा व्यवस्थापन गर्नु चाहिँ सरकारको कर्तव्य हुन्छ ।

सुरक्षित बास र सन्तुलित गाँसको व्यवस्थ गर्न संघ, प्रदेश र स्थानीय तहले समन्वय गरेर अगाडि बढ्नुपर्ने उनले बताइन् । खाद्यान्न, लत्ताकपडा, पानी, औषधि सबैलाई समन्वयात्मक रुपमा उपलबध गराउनुपर्ने भन्दै वलीले पशुपक्षी मरेर फैलिएकाे दुर्गन्धलाई समयमै व्यवस्थापन गरी माहामारी फैलनबाट बचाउनुपर्ने बताइन् ।

सबै प्रदेशले दिने राहतमा एकरुपता हुनपर्ने उनको भनाइ थियो । अवरुद्ध भएका संरचनाहरु केन्द्रबाट तत्काल बन्नुपर्ने भन्दै उनले भनिन्, 'विद्युत्, खानेपानी, सडक, सिँचाइ लगायतका भत्किएका संरचनाहरु पुनर्निर्माण छिटो गर्न समन्वय गर्नुपर्‍याे ।


आगामी दिनमा प्राकृतिक विपत्ति न्यूनीकरण गर्ने गरी नीतिगत, कानुनी र संस्थागत व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो । आगामी दिनमा यस्तो विपत् कम हुने किसिमले व्यवस्थापन गर्ने र विपत् आइपरेमा त्यसको व्यवस्थापन र उद्धारकाे विषयलाई उच्चस्तरीय व्यवस्थापन गर्ने तरिकाले सक्षम भएर बस्नुपर्ने उनले बताइन् ।


 

प्रतिकृया दिनुहोस