English

सरकार

कर्मचारीमा डर भय केही पनि छैन– लालबाबु पण्डित

sunrisekhabar

काठमाडौं । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले लोकसेवा आयोगलाई दिइएको काम धेरै भएको विचार राखेका छन् । 

प्रतिनिधिसभाको राज्यव्यवस्था समितिको बैठकमा बोल्दै मन्त्री पण्डितले सानोतिनो कुरामा पनि लोकसेवा आयोगलाई इन्भल्भ गराउने कि नगराउने भन्ने कुरा सांसदहरुले सोच्नुपर्ने बताए । 

भारतको उदाहरण दिँदै उनले त्यहाँको लोकसेवाले विज्ञापन निकाल्ने र नतिजा घोषणा गर्ने बाहेकको काम नगर्ने बताए । भारतमा लोकसेवाको विषयमा अदालत जान नपाइने व्यवस्था रहेको पनि उनले बताए । ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ उपरको छलफलमा बोल्दै मन्त्री पण्डितले कर्मचारीलाई दण्ड सजायको व्यवस्थामा कडाई गर्नुपर्ने विचार राखे । 

मन्त्री पण्डितले भने– ‘विधेयकमा हामी यस्तो कवच नबनाउँ कि जस्तो अपराध गरे पनि दण्ड गर्न नसकियोस् । कर्मचारीका लागि कवच धेरै बनाइदिएको कारणले सरकार पनि पीडामा छ ।’ 

‘कुनै पनि कारणले डयुटी आवरमा काम गर्नुपर्ने समयमा अरु काम गर्न नपाउने हिसाबले जानुपर्छ । यसको निम्ति जे ब्यहोर्नुपर्छ भने पनि म ब्यहोर्न तयार छु’– उनले भने ।  

‘हामी जेरीजस्तै जेलिएर बरिहेका छौं’ कर्मचारीतन्त्रको वेथितिलाई जेरीजस्तो उपमा दिए मन्त्री पण्डितले । 

 
मन्त्री पण्डितले भने– ‘हामीकहाँ डर भय केही पनि छैन । म पनि दुईतीन पटक आफ्नै चेम्बरमा झण्डै गोदाइको सिकार भएँ । पूर्व मन्त्रीजीहरुले पनि त्यो भोग्नुभएको छ ।’ 

प्राप्त प्रतिक्रिया
तपाईँको मत