English

खेलकुद

इंग्ल्यान्ड बन्यो विश्वकप क्रिकेट विजेता 

sunrisekhabar

काठमाडौं । अत्यन्त रोमाञ्चकारी तथा दुर्लभ प्रतिस्पर्धात्मक फाइनल खेल जित्दै इंग्ल्यान्डले विश्वकप क्रिकेट जितेको छ । 

इंग्ल्यान्डमा सम्पन्न खेलमा पहिले ब्याटिङ गर्दै न्युजिल्यान्डले दुई सय ४० रन बनाएको थियो । जित्नका लागि इंग्ल्यान्डले दुई सय ४१ रन बनाउनुपर्ने भयो । 

इंग्ल्यान्डले जवाफी ब्याटिङ थाल्यो । खेल अगाडि बढ्यो । आफ्नो गृहदेशमा खेल्दै इंग्ल्यान्डले न्युजिल्यान्डलाई चुनौती दियो । तर, पूर्व अपेक्षा अनुरुप इंग्ल्यान्डले रन बनाउन सकेन । विकेट जोगाउन सके पनि रन बनाउन नसक्नाले इंग्ल्यान्ड अप्ठेरोमा फस्यो । 

हारको संघारमा पुगेको थियो इंग्ल्यान्ड । कसिलो फिल्डिङ गरिरहेको न्युजिल्यान्ड विरुद्ध १० बलमा २२ रन चाहिएको थियो इंग्ल्यान्डलाई । लियम प्लेंगिट ब्याटिङ गरिरहेका थिए । छक्का हान्न खोजे । क्याच आउट भए । 

त्यसपछि खेल अगाडि बढ्यो ।

सात बलमा १५ रन चाहिएको थियो । जोफ्रा आर्चर एक रनमै आउट भए । इंग्ल्यान्डल लभगग धरासायी भयो । क्रिकेटको जन्मदाता इंग्ल्यान्ड हारको संघारमा आइपुग्यो । खेल अत्यन्तै रोमांचक बन्न पुग्यो । गृह मैदानमा आफ्नै टोलीले फाइनल हार्न लागेको दर्दनाक द‍ृष्यले इंग्ल्यान्डका समर्थक स्तब्ध भइरहेका थिए । 

रुँदै थिए इंग्ल्यान्डका समर्थक । चार बलमा १५ रन ल्याउनुपर्ने भयो । इंग्ल्यान्डका ब्याट्सम्यानले सीधै छक्का हानिदिए । तीन बलमा नौ रन चाहिने भयो । छक्का हान्यो इंग्ल्यान्डले । 

दुई बलमा तीन रन चाहिने भयो इंग्ल्यान्डलाई विश्वविजेता बन्न । सुपर ओभर र सुपर बलको क्षण आइपुग्यो । क्रिकेटको विश्वकप फाइनल अति रोमांचक क्षणमा प्रवेश गर्‍याे । 

अन्तिम दुई बल बाँकी थियो । भाग्यले कसलाई थाहा दिन्छ थाहा थिएन । खेलमा कतिपय बेला यस्तो आउँछ जतिबेला भाग्य निर्णायक बन्छ । न्युजिल्यान्ड र इंग्ल्यान्डबीच खेल कठिन क्षणमा थियो । 

इंग्ल्यान्डले एक रन ल्यायो तर एक विकेट गुमायो । आदिल रसिद शून्य रनमा आउट भए । 

अब एक बलमा दुई रन ल्याउनुपर्ने भयो । सुपर बल हान्यो इंग्ल्यान्डले । त्यो निर्णायक बलमा इंग्ल्यान्डले रन ल्यायो । खेल ड्र भयो । दुवै टोलीले २४१ रन बनाए । विलक्षण रोमाञ्चकारी भयो खेल । 

अब सुपर ओभर हुने भयो । अर्थात् दुवै टिमले एकएक ओभर खेल्ने भए । सुपर ओभर । क्रिकेटमा विरलै आउँछ यस्तो अवस्था । फुटबलको टाइब्रेकर जस्तै सुपर ओभर । 

क्रिकेटको दुर्लभ क्षण, त्यो पनि विश्वकप क्रिकेटमा । विश्वकप क्रिकेटको १२ वटा संस्करणमध्ये पहिलो पटक फाइनलमा सुपर ओभर सुरु भयो । 

सुपर ओभरमा इंग्ल्यान्डले ब्याटिङ गर्यो । पहिलो बलमै तीन रन ल्यायो । दोस्रो बलमा एक रन ल्यायो । तेस्रो बलमा चौका हान्यो । तीन बलमा इंग्ल्यान्डले आठ रन बनायाे । इंग्ल्यान्ड बलियो अवस्थामा पुग्यो । 

चौथो बलमा एक रन ल्यायो । इंग्ल्यान्ड नौ रनको अवस्थामा पुग्यो । बलियो अवस्था हासिल गर्यो इंग्ल्यान्डले । पाँचौं बलमा दुई रन ल्याएर इंग्ल्यान्ड ११ रनको अवस्थामा पुग्यो । आशा र उत्साह अनि प्रबल सम्भावनाको अवस्थामा पुग्यो इंग्ल्यान्ड । 

चमत्कार भयो । छैठौं रनमा चौका हानेर इंग्ल्यान्ड १५ रनको अवस्थामा पुग्यो । एक ओभरमा १५ रन बनाएर इंग्ल्यान्डले जितको ढोका खोल्यो । 

एक ओभरमा १६ रन बनाउनु न्युजिल्यान्डका लागि असम्भव झैं देखियो । क्रिकेटमा एक ओभरमा १६ रन बनाउनु असामान्य होइन तर एक ओभरमा १६ रनको टार्गेट भेट्नु लगभग असम्भव नै मानिन्छ । 

जितको तराजु इंग्ल्यान्ड तर्फ ढल्किएको देखियो । 

तर, क्रिकेट भनेको असम्भवलाई पनि सम्भव बनाउने खेल हो । क्रिकेट विश्वकप इतिहासको सर्वाधिक रोमांचक खेल अगाडि बढ्यो । 

जवाफी ब्याटिङमा उत्रियो न्युजिल्यान्ड । न्युजिल्यान्डले पनि १५ रनबनायो भने खेल बराबर भएजस्तो देखिनेछ तर जित्नेछ चाहिँ इंग्ल्यान्डले । किनभने इंग्ल्यान्डले धेरै बाउण्ड्री लगाएको थियो । बाउण्ड्रीको अर्थ हो चौका छक्का । यसमा न्युजिल्यान्डले भन्दा धेरै इंग्ल्यान्ड अगाडि थियो । 

तर, खेल त्यो अवस्थामा पुगेन । विश्वकप क्रिकेटको सर्वाधिक रोमांचक फाइनलमा पहिलो बल हान्दै न्युजिल्यान्डले १ रन बनायो । पहिलो बलमै न्युजिल्याडले वाइड पायो । अब १५ रन ल्याए पुग्ने भयो । 

दोस्रो बलमा न्युजिल्यान्डले दुई रन ल्यायो, चौका छक्का ल्याएन । अर्थात्, जितको सम्भावना न्यून भयो । 

तर, तेस्रो बलमा न्युजिल्यान्डले सीधै छक्का हान्यो । अब जितका लागि चार बलमा सात रन चाहिने भयो । सम्भावना व्हात्तै बढ्यो । 

तेस्रो बलमा न्युजिल्यान्डले दुई रन ल्यायो । अब तीन बलमा पाँच रन ल्याउँदा न्युजिल्यान्ड विश्वविजेता बन्ने अवस्था आयो । 

तेस्रो बलमा दुई रन ल्यायो न्युजिल्यान्डले । अब दुई बलमा तीन रन ल्याउनुपर्ने भयो । वाह, क्या चमत्कारी फाइनल भयो । 

त्यसपछि आयो पाँचौं बल । एक रन ल्यायो न्युजिल्यान्डले । अन्तिम बलमा दुई रन ल्याउनुपर्ने भयो न्युजिल्यान्डले । 

अन्तिम बलमा न्युजिल्यान्डले दुई रन ल्याउनैपर्ने भयो । न्युजिल्यान्डले बल हान्यो, दुई रन ल्याउन सकेन । विश्वकप क्रिकेट फाइनलको सर्वाधिक रोमांचक खेल जित्दै इंग्ल्यान्डले पहिलो पटक विश्वक जित्यो । 

पहिलो पटक विश्वकप जितेकोमा क्रिकेटको जननी इंग्ल्यान्डलाई बधाई ।
 

प्राप्त प्रतिक्रिया
तपाईँको मत