समयमै पीसीअार रिपाेर्ट नअाउँदा क्वारेन्टिनमा बस्नेहरु अात्तिए
काठमाडौं । भौगोलिक हिसाबले अर्घाखाँचीको सबैभन्दा ठूलो नगरपालिका हो शितगंगा नगरपालिका । यसै त एक ठाउँबाट अर्को ठाउँमा जान समय लाग्ने भौगोलिक वनावट कोरोना महामारीका बेला जनप्रतिनिधिको टाउको दुखाइ बनेको छ ।
नगरका विद्यालय सुगमदेखि दुर्गम सबैजसो वडामा छन् । भारत लगायत बाहिरी देशबाट फर्किएकाहरुलाई ती विद्यालयबाहेक अन्य ठाउँमा राख्नुको विकल्प छैन ।
तर जनप्रतिनिधिलाई एउटा क्वारेन्टाइनबाट अर्कोमा पुग्न कमसेकम ३ देखि ४ घण्टा समय लाग्छ । त्यसमाथि वर्षायामको सुरुमै परेको पानीका कारण ठाउँ ठाउँमा पहिरो गएको छ । सडक अवरुद्ध भएको छ । गाडी चलेपनि सबै ठाउँमा पुग्दैनन् ।
‘कोरोनामाथि मौसमले पनि च्यालेन्ज गरेको छ, दुखमाथि दुख थपेको छ’- नगरप्रमुख सूर्यप्रसाद अधिकारीले भन्नुभयो । कोरोनाविरुद्ध लडिरहँदा भोगेका समस्या सनराइज खबरसँग सुनाउँदै उहाँले भन्नुभयो - ‘बाटोमा ठूला ठूला पहिरा खसेका छन्, गाडी चलाउन पनि सकिँदैन, संक्रमितलाई अस्पताल पुर्याउन, स्वास्थ्यकर्मीलाई लिन–छाेड्न साह्रै आपत परेको छ ।’
केही दिनअघि जुकेनाको क्वारेन्टाइनमा बसेका एक जनाले आत्महत्या गरेको प्रसंग सुनाउँदै उहाँले भन्नुभयो - ‘मलाई त्यहाँ पुग्न चार घण्टा लाग्यो ।’ संक्रमितलाई समयमै आइसोलेशन सेन्टर वा अस्पताल पुर्याउन समेत हम्मे हम्मे परेको नगर प्रमुख अधिकारीले जानकारी दिनुभयो ।
त्यो भन्दा ठूलो आपत क्वारेन्टाइनमा बसेकाहरुको स्वाबको रिर्पोट समयमै नआउँदा परेको उहाँले सुनाउनुभयो । ‘पीसीआर रिर्पोट समयकै नआउँदा क्वारेन्टाइनमा बस्नेहरु आत्तिइसके, महिनौं बस्दा नआत्तिउन पनि कसरी ?’ - अधिकारीले भन्नुभयो ।
उहाँले थप्नुभयो - ‘१४ दिन क्वारेन्टाइनमा राखेर त्यहीबीचमा पीसीआरका लागि स्वाब पठायाे, अर्काे १५ दिनस्म्म रिर्पोट आउँदैन महिनौँ बस्दा मानिस आजित भएका छन्, रोगले भन्दा पनि तनावले आत्तिएका छन् ।’
लामो समयको क्वारेन्टाइन बसाईं र आरडीटी पोजेटिभ देखिएकाको समेत समयमै रिर्पोट नआएका कारण आत्महत्याका घटना हुन्छनकी भन्ने शंका उब्जिएको अधिकारीले बताउनुभयो ।
केही दिनअघि भारतबाट अाएर क्वारेन्टाइनमा बसेका शितगंगाका एक पुरुषले अात्महत्या गरेका थिए । अात्महत्या गर्नुअघि अारडीटी पाेजेटिभ देखिएका उनकाे पछि पीसीअारकाे रिपाेर्ट पाेजेटिभ अाएकाे थियाे ।
कोरोनाविरुद्ध ज्यान फालेर लागेपनि तत्काललाई पीसीआरको विकल्प नभएको नगर प्रमुख अधिकारीले बताउँनुभयो । उहाँले भन्नुभयो - ‘यसमा प्रदेश र संघीय सरकारले ध्यान दिनुपर्ने हो, पूर्वतयारी भएको भए हामीले पनि गर्न सक्ने थियौं होला ।’
पीसीआरको रिर्पोट नआउँदा क्वारेन्टाइनमै कोरोना फैलँने र घर पठाएकाहरुले समुदायमा संक्रमण सार्न सक्ने जोखिम पनि उत्तिकै रहेको उहाँले सुनाउनुभयो ।
क्षमताले भ्याएसम्म क्वारेन्टाइनमा सन्तुलित खाना, विजुली, पानी, ट्वाइलेट, वाथरुम, वेड सबैको राम्रो प्रवन्ध मिलाइएको समेत उहाँले बताउनुभयो ।
भौगोलिक दूरी, गाडी नै चढ्नुपर्ने वाध्यता पीसीआरको रिर्पोट ढिलो लगायत कारणले नगरको खर्च पनि निकै बढेको उहाँको गुनासो छ ।अधिकारीका अनुसार अहिले नगरभर ६१ वटा क्वारेन्टाइनहरु छन् । सुरुमा १४/१५ सय मानिस रहेकोमा जाने आउने हुँदा अहिले १२ सयसम्म छन् ।
क्वारेन्टाइनमा बसेका ३७ जनामा कोरोना संकक्रमण पुष्टि भइसकेको छ । तीमध्ये १६ जना निको भएका छन् ।
नगरसँग प्रयाप्त बजेट नहुँदा परीक्षण र क्वारेन्टाइनको खर्च धान्न पनि गाह्राे परेको उहाँले बताउनुभयाे । तरपनि सकेको गरेको अधिकारीको भनाइ छ । ‘आँधी-हुरी बाढी-पहिरोसँग जुधेर भएपनि नगरबासीको स्वास्थ्य बचाउन कुनै कसर बाँकी राख्दैनौँ’ - सूर्यप्रसादले भन्नुभयाे ।
नीति तथा कार्यक्रम कोरोनामै केन्द्रित
कोरोनाविरुद्ध लडिरहेकै बेला नीति तथा कार्यक्रमको चटारो थपिएको उहाँले बताउनुभयो । असार १० मा आउने नीति तथा कार्यक्रम विशेषगरी कोरोना रोकथाम तथा नियन्त्रणमा केन्द्रित हुने नगर प्रमुख अधिकारीले बताउनुभयो ।
‘जसरी हुन्छ अहिले मानिस बचाऔं, विकास निर्माण पछि गरौँ भन्ने उद्देश्यसाथ नीति तथा कार्यक्रम ल्याउँदैछौँ, बजेट पनि सोही अनुसार आउँछ’ - उहाँले भन्नुभयो ।
त्यो बाहेक कृषि र पशुपालनलाई प्राथमिकता राखिने उहाँले बताउनुभयो । ‘कोरोना महामारीका कारण धेरै बेरोजगार हुनुभएको छ, उहाँहरुलाई गाउँमै रोजगारी दिने लक्ष्यसाथ कृषि र पशुपालनका कार्यक्रम ल्याउँछौं’- सूर्यप्रसादले भन्नुभयो ।
लोकप्रिय
सम्बन्धित खवर
-
नेपालको राजनीति अहिले फरक कोर्सबाट अघि बढेको छ, संविधान संशोधन गरेरै जानुपर्छ : वर्षमान पुन
-
राष्ट्रिय सभा आदिवासी जनजातिमैत्री छैन ः राम बहादुर थापा मगर
-
पहिचानकाे आधारमा नामकरण गरेमा मात्र केही हुँदैन, प्राप्त उपलब्धी उपयोग गरौं: ओम घर्तीमगर
-
जलवायु परिवर्तनले माटोको अवस्था कमजोर बनाउँदै लगेको छ: गणेश पौडेल


प्रतिकृया दिनुहोस