यो सरकारले राजनीतिक स्थिरता दिएको छ
काठमाडौ । ‘यो कम्युनिष्ट सरकारले उदाहरणीय काम गरेको छ । जनमुखी बजेट ल्याएको छ, लोककल्याणकारी कार्यक्रमहरु ल्याएको छ’– अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले भने– ‘विकासले गति लिँदैछ ।’
सनराइज खबरले चलाइरहेको ‘यो सरकार कस्तो लाग्यो ?’ श्रृखलामा राजकुमार गजुुरेलसँग वार्ता गर्दै उनले दुई पार्टी एकीकरण भएर बनेको यो सरकारले जनताको आकांक्षा पूरा गर्ने बताए । लामो समयदेखि चलेको राजनीतिक अस्थिरतालाई स्थिरता तर्फ ल्याउनु यो सरकारको ठूलो उपलब्धी भएको उनले बताए ।
उनले भने– ‘यो सरकार गठन भएको पन्ध्र महिना मात्र भयो । यसले लिनुपर्ने गति लिन थालिसकेको छ ।’
यो सरकारले सुखी नेपाली समृद्ध नेपालको गन्तव्य प्राप्त गर्ने भन्दै उनले शिक्षामा पर्याप्त बजेट नछुट्याइनु गलत भने । उनको भनाई छ– ‘सरकारले शिक्षामा २० प्रतिशत बजेट छुट्याउनुपर्छ ।’
यो सरकारको कार्यसम्पादनमा सरकारलाई कति अंक दिनुहुन्छ ? राजकुमारको प्रश्नमा सुरेन्द्रको जवाफ छ– ‘७५ प्रतिशत अंक दिन्छु ।’
सुरेन्द्रसँगकाे वार्ता माथिकाे भिडियाे लिंकमा क्लिक गरेर सुन्न सकिन्छ ।
लोकप्रिय
सम्बन्धित खवर
-
नेपालको राजनीति अहिले फरक कोर्सबाट अघि बढेको छ, संविधान संशोधन गरेरै जानुपर्छ : वर्षमान पुन
-
राष्ट्रिय सभा आदिवासी जनजातिमैत्री छैन ः राम बहादुर थापा मगर
-
पहिचानकाे आधारमा नामकरण गरेमा मात्र केही हुँदैन, प्राप्त उपलब्धी उपयोग गरौं: ओम घर्तीमगर
-
जलवायु परिवर्तनले माटोको अवस्था कमजोर बनाउँदै लगेको छ: गणेश पौडेल


प्रतिकृया दिनुहोस