सरकार फेल भयो, ‘नम्बर दिन मिल्दैन’
काठमाडौं । नेपाल विद्यार्थी संघका नेता तथा कांग्रेसको नयाँ पुस्ताका चर्चित युवा रघुवीर कार्कीले वर्तमान सरकार फेल भएको दावी गरेका छन् ।
वर्तमान सरकारले १५ महिनामा गरेका कामको मूल्यांकन गर्दै उनले फेल भएको बताएका हुन् ।
सनराइज खबरको ‘यो सरकार कस्तो लाग्दैछ ?’ श्रृङखलामा अनुपम शर्मिलासँग कुरा गर्दै उनले संसदमा दुुई तिहाई भएपनि वर्तमान सरकारले जनताले सोचे अनुुरुप केही गर्न नसकेको दावी गरे ।
‘यो सरकार गठन हुँदा यसले देश र जनताका लागि पक्कै पनि ठोस केही गर्न सक्छ भन्ने विश्वास थियो । शान्ति सुुरक्षादेखि लिएर सिन्डीकेट अन्त्य गर्ने सम्मका कुरा त ग¥यो तर, काम गरेन’– रघुवीरले भने ।
उनले चिकित्सा शिक्षा विधेयक र निर्मला पन्त हत्या प्रकरण लगायतले सरकार फेल भएको पुष्टि गर्ने दावी गरे । ‘सरकारले महंगी नियन्त्रण गर्न सकेन, भ्रष्टाचार नियन्त्रण गर्न सकेन । यो सरकार माफियामुखी भयो’– रघुवीरको भनाई छ ।
सरकारको सकारात्मक पक्ष केही नदेखिएको भन्दै रघुवीरले दुःख व्यक्त गर्दै भने– ‘निरन्तर अस्थिरता भोग्यो देशले । निरन्तर प्रधानमन्त्री फेरिए । त्यसपछि बहुमतको सरकार बन्दा जनताले स्थिरताको आश गरेका थिए । तर, स्थिरताको आवरणमा सरकारले वितण्डा मच्चाउने काम गरेको छ ।’
प्रतिपक्षी कांग्रेसको भ्रातृ संगठन नेवि संघको सभापति पदका दावेदार मानिएका रघुसँग शर्मिलाले सरकारका सबल र दुर्बल दुवै पक्षबारे सोधेकी थिइन् । त्यसपछि शर्मिलाले सोधेकी थिइन्– ‘पन्ध्र महिनाको कार्यकाल मूल्यांकन गरेर यो सरकारलाई एक देखि एक सय भित्रको नम्बर दिनुपर्यो भने कति दिनुहुन्छ ?’
जवाफमा रघुले ब्यंग्य गर्दै भनेका छन्– ‘दुुई तिहाइको सरकार छ । थोरै नम्बर दिएर सबै सांसदलाई भाग नपुुग्ला !’
त्यसपछि उनले भने– ‘सरकार फेल भएको छ । फेलको कुनै अंक हुँदैन । फेल भएको सरकारलाई नम्बर दिन जरुरी छैन ।’
शेरबहादुर देउवाको अघिल्लो सरकार र केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको तुलना कसरी गर्नुहुन्छ भन्ने प्रश्नमा उनले भने – ‘अघिल्लो सरकार एकल थियो, त्यसले पनि सबै काम राम्रो गर्यो भनेर म भन्दिन । त्यसका पनि दुर्वल पक्ष पक्कै थिए । तर यो त दुुई तिहाइको सरकार हो, यसले केही गर्छ भन्ने आम जनताको आसा थियो तर गरेन ।’
रघुवीरसँगको वार्ता माथिको भिडियो लिंक क्लिक गरेर हेर्न सक्नुहुन्छ ।
लोकप्रिय
सम्बन्धित खवर
-
नेपालको राजनीति अहिले फरक कोर्सबाट अघि बढेको छ, संविधान संशोधन गरेरै जानुपर्छ : वर्षमान पुन
-
राष्ट्रिय सभा आदिवासी जनजातिमैत्री छैन ः राम बहादुर थापा मगर
-
पहिचानकाे आधारमा नामकरण गरेमा मात्र केही हुँदैन, प्राप्त उपलब्धी उपयोग गरौं: ओम घर्तीमगर
-
जलवायु परिवर्तनले माटोको अवस्था कमजोर बनाउँदै लगेको छ: गणेश पौडेल


प्रतिकृया दिनुहोस