• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

अति गर्‍याे भारतले, नेपालीलाई अत्याचार गर्‍याे, नेपालमा काेराेना फैलायाे- गाेविन्द पुन

अनुपम शर्मिला

अनुपम शर्मिला

काठमाडौं । 'नेपालको भलो भारतले न पहिला चाहन्थ्याे न अहिले चाहेकाे छ, नेपाल सरकारले जारी गरेको मानचित्रकाे बदला भारतले नेपालीलाई दुख दिएर लिन थालेकाे देखिन्‍छ, कोरोना महामारीले नेपाल आक्रान्त होस भन्‍ने उसकाे रणनीति प्रष्ट हुन्छ'- याे भनाई हाे सल्यानको बनगाड कुपिण्डे नगरपालिकाका मेयर गाेविन्दकुमार पुनकाे ।

मेयर पुन याे निष्कर्षमा बिना कारण पुग्नुभएकाे हाेइन । यसकाे खास कारण छ, कथा छ, व्यथा छ । यी कथाव्यथा गाेविन्द पुनले सनराइज खबरसँग फाेनमा वयान गर्नुभएकाे छ ।

वैशाख १७ गते दिउँसोसम्म निकै शान्त थियो सल्यानको बनगाड कुपिण्डे नगरपालिका । साँझ एकाएक अशान्त बन्यो । कारण थियो - नगरमा एकैपटक २५ जनामा काेराेना संक्रमण देखिनु ।

भारतबाट अ‌ाएर क्वारेन्टाइनमा बसेका नगरकाे विभिन्‍न वडाका २५ जनामा कोरोना देखिएपछि स्थानीय त्रसित भए । फेरि १८ गते राति नगरकै १० जनामा काेराेना देखियाे । नगरबासी झनै त्रसित भए ।

क्वारेन्टाइनमा बसेका नगरवासीले सुनाएको भारतीयकाे अमानवीय व्यवहारले मन दुखेका मेयर गोविन्दकुमार पुनलाई एकैपटक २५ जना संक्रमित भेटिँदा आगोमा  घिउ थपेजस्तै भयो ।

‘क्‍वारेन्टाइनमा भारतको महाराष्ट्र लगायतबाट अ‌ाएकालाई राखिएकाले कसैमा संक्रमण देखिने हाेकी भनेर पहिले देखि नै चिन्तित थियाैं, एकैपटक २५ जनामा संक्रमण देखिएकाे खबर पाउनासाथ छाँगाबाट खसेजस्तै भएँ, त्याे रात अ‌ाखाँ झिमिक्क नगरी बित्‍याे'- उहाँले सुनाउनुभयो ।

संक्रमितकाे उपचार र क्‍वारेन्‍टाइनकाे व्‍यवस्थापन गर्दागर्दै अर्काे दिन राति फेरि १० जनाको रिर्पोट पाेजेटिभ आएकाे मेयर पुनले बताउनुभयाे । अब मन कमजाेर हाेइन बलियाे बनाएर नगरबासीकाे स्वास्थ्य जाेखिम हुनुबाट बचाउनुपर्छ भन्‍ने प्रतिज्ञा गरेकाे बताउँदै उहाँले भन्‍नुभयाे- 'म नै कमजाेर भएँ भने याे सब कसरी समाल्ने भनेर मन बलियाे बनाएकाे छु ।'

भारतकाे त्‍याे अमानवीय व्यवहार

सनराइज खबरसँगको फोनवार्तामा मेयर पुनले भारतबाट आएकालाई व्यवस्थापन गर्नुभन्दा दुख भारतको घिनलाग्दाे व्यवहारले लागेको सुनाउनुभयो ।

भारतबाट आएर क्वारेन्टाइनमा बसेको नेपालीहरुको भनाई उद‍ृद गर्दै उहाँले भन्‍नुभयाे - 'अरु जिल्लाका सीमा नाकाबारे थाहा भएन तर, कर्णाली प्रदेशमा छिर्ने नेपालगञ्जको रुपैडिया र महेन्द्रनगरको गड्डा चौकी नाकाबाट भित्रने नेपालीहरुमाथि भारतले निकै अमानवीय व्यवहार गरेको छ ।'

मेयर पुनका अनुसार भारतमा रहेका नेपालीलाई त्यहाँका भारतीयले सुखले बस्‍न दिँदैनन् अहिले ।  भन्छन्- 'तुम लोग जल्दी नेपाल चलिजाओ, तत्काल भारत छोडो ।'

दुख पीडा झेल्दै जेनतेन सीमा नाकामा आइपुगेका नेपालीलाई भारतीयले अनेक बहानामा संक्रमणकाे जाेखिममा पारेकाे मेयर पुनले बताउनुभयाे । भारतीयले सीमा नाकाको चार-पाँच किलोमिटर नजिक अ‌ाएपछि नेपालीलाई नेपालकाे प्रशासनसँग सम्पर्क नहुँदै फर्काउने गरेको उहाँले जानकारी दिनुभयाे ।

नेपालीलाई तिमीहरुकाे सरकारले पाल्न सक्दैन, यता नपठाउ उतै राख, राख्ने ठाउँ छैन भनेकाे छ भनेर भारततर्फ नै फर्काउने र त्यहाँ विद्यालयमा भेडा बाख्रा जस्तै कोचेर दर्दनाक पीडा दिएकाे उहाँले सुनाउनुभयाे ।

'त्यहाँ विभिन्‍न संघ-संस्थाको पहलमा खाना खुवाउने र भारतका स्थानीय पत्रकार बोलाएर तिमीहरुको सरकारले हेरेन, मोदी सरकार नभएको भए कहाँ जान्थ्याैं ? के खान्थ्याैं  ? भनेर बेइज्जत मात्र होइन, नेपाल सरकारविरुद्ध नै उतार्ने गरिएको छ, अब त अति गर्‍याे भारतले हामी बाेल्नुपर्छ'- पुनले भन्‍नुभयाे ।

दुई-तीन दिनसम्म फरक फरक ठाउँबाट भेला भएका नेपालीलाई त्यहाँको विद्यालयमा हूलमूल गराएपछि तिमीहरुको सरकारलाई फोन गरिदियौं ल जाहो भनेर नाकाको हूलमा छाेड्ने गरेकाे बताउँदै पुनले नेपाली प्रशासनलाई याे विषयमा गम्भीर हुन अपिल गर्नुभयाे ।

यसरी नाका नुपुग्दै सबै नेपालीलाई रोकेर, एकैठाउँ कोचेर, भद्रगोल गरेर संक्रमित नभएकालाई पनि संक्रमित बनाउने रणनीति भारतले लिएको उहाँको भनाइ छ ।

संक्रमित बढने देखियो चिन्ता थपियो

सोमबारसम्म देखिएका ३५ जना संक्रमित सबै भारतको महाराष्‍ट्रबाट आएर क्वारेनटाइनमा बसेका व्यक्ति रहेका उहाँले जानकारी दिनुभयो ।

भारतको पहाडी क्षेत्रबाट आएकामा कोरोना नदेखिएको तर महाराष्टबाट आएकामा देखिएको बताउँदै उहाँले क्वारेन्टाइनमा धेरै महाराष्ट्रबाटै आएका धेरै रहेकाले चिन्ता थपिएको गुनासो गर्नुभयो ।

क्वारेन्टाइनमा बसेका ३ सय ९३ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको बताउँदै उहाँले भन्नुभयो- 'शुरुमा ८० को परीक्षण गर्दा २५ जनामा र दोस्रोपटक ४० को स्वाब परीक्षण गर्दा १० जनामा कोरोना देखियो, रिपाेर्ट अ‌ाउँन बाँकी सबै काेराेनाबाट सबैभन्‍दा बढी प्रभावित महाराष्ट्रबाट अ‌ाएका  भएकाले संक्रमित थपिने चिन्ता बढेको छ ।'

उनीहरु उतैबाट संक्रमित भएर अ‌ाएका भए क्‍वारेन्टाइनमा बस्ने अरुमा पनि संक्रमण सर्छ की भन्‍ने चिन्ता लागिरहेकाे मेयर पुनले सुनाउनुभयाे ।

१७ गते साँझ भेटिएका २५ संक्रमितमध्ये १२ जनाको जिल्ला अस्पताल सल्यान र १३ जनाको प्रादेशिक अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । १८ गते राति भेटिएका १० जना संक्रमितलाई नगरले बनाएको २५ वेडको आइसोलेशनमा राखिएको उहाँले बताउनुभयो ।

अब संक्रमित भेटिए उपचारका लागि निकै समस्या पर्ने बताउँदै उहाँले भन्नुभयो - 'हामीले थेग्न सक्ने अवस्था छैन, प्रदेश सरकारले पनि यता नपठाउँ भनेको छ, कसरी व्यवस्थापन गर्ने भन्‍ने तनावले  अ‌ाफै बिरामी पर्नेजस्ताेमहशुस भएकाे सुनाउनुभयाे ।

प्रदेश सरकारसँग एक महिनाअघि नै भारतबाट अ‌ाउनेहरुकाे व्यवस्थापनका लागि ठाेस पहल गराैँ भन्दा नसुनेकाले अहिले नेपालीसँगै काेराेना भित्रिएकाे उहाँकाे भनाइ छ ।

प्रदेश सभा चलिरहेको बताउँदै उहाँले भारतबाट आएकाहरुलाई राख्न एउटा राम्रो व्यवस्थापनका लागि पहल गर्नुपर्ने सुझाव दिनुभयो । 

पानी र चर्पी छैन क्वारेन्टाइन भरिए

नगर र नगरले समन्वय गरेका गाउँपालिकाका विद्यालय भारतबाट आएकाहरुले भरिएका बताउँदै उहाँले अहिलेसम्म १५ सय नगरवासी अ‌ाइसकेकाे र चार हजारसम्म अ‌ाउने अ‌ाँकलन गरिएकाे बताउनुभयाे ।

'नगरबाट राेजगारीका लागि ६ हजार स्थानीय भारत गएकाे तथ्‍यांक छ, राम्राे नाेकरी भएकार र कतिपय उतै व्यवस्थित बसेका पनि छन्, सबै गरेर ४ हजार अ‌ाउनसक्‍ने देखिएकाे छ'- पुन भन्‍नुहुन्‍छ ।

नगरमा अ‌ाउनासाथ सबैलाई क्वारेन्टाइनमा राख्‍ने गरिएकाेमा अब अ‌ाउनेलाई कसरी व्यवस्थापन गर्ने भन्‍ने  पीरले सताएकाे उहाँले  गुनासाे गर्नुभयाे ।

स्थानीयलाई विद्यालयका सामूहिक क्वारेन्टाइनमा राखिएकाले कसैमा संक्रमण भए सर्छकी भन्ने डरले सताएको बताउँदै उहाँले भन्नुभयो- 'सबै क्वारेन्टाइन भरिए, राख्ने ठाउँ छैन, पछि आउनेलाई कहाँ राख्‍ने ?' त्यसमाथि पानीकाे अभाव । अहाे विपत्ति भनेकाे यही रहेछ बुझ्दैछु ।'

प्रदेश सरकारसँग अस्थायी क्वारेन्टाइनका लागि केही थान टेनट उपलब्ध गराउन भनिएपनि सम्बोधन नभएको उहाँको गुनासो छ । विजुली नभएका ठाउँमा जसोतसो सोलार पुर्‍याएकाे तर पानी बोकेर साध्य नभएकाले अस्थायी धाराका लागि पहल गरिएको पनि उहाँले बताउनुभयो ।

सबैकाे पीसीअ‌ार परीक्षण नगरलेनै गर्ने बताउँदै उहाँले भन्‍नुभयाे - 'प्रदेश वा केन्द्र जसले भएपनि संक्रमितकाे उपचार र अस्थायी भएपनि क्‍वारेन्टाइनकाे व्यवस्था गरिदिए हुन्‍थ्याे ।'

जेजसरी भएपनि संक्रमितकाे उपचार गर्ने,  समुदायमा काेराेना फैलन नदिने र नगरबासीकाे स्वास्थ्य जाेखिममा पर्न नदिन सकेकाे पहल गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयाे ।

 

प्रतिकृया दिनुहोस