• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

मनकामना मन्दिरमा अ‌ाजदेखि पूजा गर्न राेक, केवलकार सेवा बन्द 

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

गोरखा । बहुचर्चित धार्मिक स्थल मनकामना मन्दिरमा शनिबारदेखि सर्वसाधारणलाई  पूजा गर्न राेक लगाइएकाे छ ।

काेराेना जाेखिमका कारण विशेष पूजा बाहेक अरु पूजा गर्न अस्थायी राेक लगाइएकाे हाे । मुख्य पुजारी इन्सान थापामगरका अनुसार अब मन्दिरमा नित्य पूजा र साँझको आरती पूजा मात्र हुनेछ ।

शुक्रबारदेखि नै मन्दिरमा चहलपहल कम भएकाे छ ।

यसैबीच मनकामना मन्दिरमा सञ्चालन हुने केवलकार सेवा शनिबारदेखि बन्द भएको छ । कोरोना जोखिमलाई ध्यान दिँदै चैत शनिबारदेखि केवलकार सेवा बन्द गरिएको हो ।

केवलकार सञ्चालक मनकामना दर्शन प्रालिका अनुसार आजदेखि चैत मसान्तसम्म केवलकार सेवा बन्द हुनेछ । केवलकार स्टेशन कुरिनटारमा थर्मल गनले ज्वराे नाप्ने व्यवस्ठा गरिएकाे छ ।

प्रालिले सरकारी निर्णयको पालना गर्दै सो सेवा बन्द गरेको हो । सरकारले कोरोना जोखिमलाई ध्यान दिँदै एसईई रोक्ने, विद्यालय क्याम्पस बन्द गर्ने, एक ठाउँमा २५ जना बढी भेला हुन नपाउने लगायत निर्णय गरिसकेको छ ।

भोलिदेखि लामो दुरीका सवारी साधन पनि सञ्चालन हुने छैनन्

मनकामना मन्दिर दर्शनका लागि स्वदेश तथा विदेशबाट लाखौँ मानिस केवलकार चढेर पुग्छन् । केवलकार सेवा बन्द हुने अघिल्लो दिन शुक्रबार मनकामना दर्शनका लागि आउने दर्शनार्थी निकै कम थिए ।

मन्दिर वरपर खासै चहपहल देखिएन । सुनसान जस्तै थियो ।

तस्विरमा हेर्नुस् :


प्रतिकृया दिनुहोस