• १८ असोज २०८३, आइतबार
  • Sunday,04 October,2026

एमाले सचिवालय बैठकको निर्णय : राष्ट्रिय प्रतिनिधि परिषद् बैठक बोलाइने

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता


काठमाडौं । नेकपा एमालेले राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक आयोजना गर्ने निर्णय गरेको छ। केन्द्रीय कमिटीको आगामी बैठकका लागि आवश्यक एजेण्डा तय गर्न आइतबार बसेको सचिवालय बैठकले परिषद् बैठक बोलाउने सहमति जुटाएको हो।

सचिवालयको १०औँ बैठकले कार्यदलले तयार पारेको प्रतिवेदनलाई अनुमोदन गरेको छ। उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको कार्यदलले प्रस्तुत गरेको प्रतिवेदनमाथि सचिवालयमा छलफल गरी आवश्यक निष्कर्षसहित पारित गरिएको हो।

यसअघि उपाध्यक्ष थापा र महासचिव पोखरेलले तयार पारेका छुट्टाछुट्टै सामग्रीलाई समेटेर एकीकृत प्रतिवेदन तयार गरिएको थियो। उक्त प्रतिवेदनलाई सचिवालय बैठकले अनुमोदन गरेको जनाइएको छ।

 प्रतिवेदनमा देशका विभिन्न स्थानबाट प्राप्त सुझावहरूलाई अनुसूचीका रूपमा समावेश गरिएको छ।  यस क्रममा  अध्यक्षको विषयमा सचिवालमै आपत्ती नरहेको भनेर सहमति भएको जनाइएको छ।

कार्यदलको छलफल र सचिवालय बैठकपछि अब भोलिदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकका लागि आवश्यक सबै एजेण्डा तय भएको एमालेले जनाएको छ।

प्रतिकृया दिनुहोस
↑