स्थानीय प्रशासनसँगको समन्वयमा उद्धार तथा राहातका लागि तयारी रहन अध्यक्ष ओलीद्वारा कार्यकर्तालाई निर्देशन
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रसुवामा आएको बाढीले गरेको ठूलो क्षति गरेकोप्रति दुःख व्यक्त गरेका छन् । अध्यक्ष ओलीले सामाजिक सञ्जाल मार्फत भोटेकोशी र त्रिसुलीमा आएको नदीमा बाढीको बहाव बढेकोले रसुवा,नुवाकोट,धादिङ र चितवनका नदी किनाराका बासिन्दालाई सुरक्षित स्थानमा बस्न पनि ओलीले अपिल गरेका छन् ।
अध्यक्ष ओलीले विपतको यस घडीमा पार्टीका नेता, कार्यकर्ता,जनसंगठन र स्वयंसेवकहरुलाई स्थानीय प्रशासनसँग समन्वय गरेर उद्धार कार्यमा जुट्न तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।
अध्यक्ष ओलीले सामाजिक सञ्जालमा लेखेका छन् - 'सतर्क र सुरक्षित रहौँ'
बाढीका कारण रसुवाको भोटेकोशी र त्रिशूली नदीमा पानीको बहाव बढेको छ। रसुवा, नुवाकोट, धादिङ र चितवनका नदी किनारका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न हार्दिक अपिल गर्दछु।
पार्टी, जनसंगठन र स्वयंसेवकहरूलाई स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग समन्वय गरी उद्धार कार्यमा सहयोगका लागि तयारी अवस्थामा रहन आग्रह गर्दछु।
लोकप्रिय
सम्बन्धित खवर
-
एनडीटीभी समिटमा सहभागी हुन चार भारतीय उच्चस्तरीय प्रतिनिधि काठमाडौंमा
-
भोटेकोशी बाढीको असर चीनसम्म, केरुङमा पहिरोपछि दर्जनौँ व्यक्ति बेपत्ता
-
स्थानीय प्रशासनसँगको समन्वयमा उद्धार तथा राहातका लागि तयारी रहन अध्यक्ष ओलीद्वारा कार्यकर्तालाई निर्देशन
-
जनताको परिवर्तनको चाहना सम्बोधन गर्न सरकार गम्भीर बन्नुपर्छ : देउवा


प्रतिकृया दिनुहोस