मृत्युदण्डको सजायबीच शेख हसिनाको घोषणा : ‘यसै वर्ष स्वदेश फर्किन्छु’
काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले मृत्युदण्डको सजाय सुनाइए पनि यसै वर्ष स्वदेश फर्किने घोषणा गरेकी छन्। भारतमा बस्दै आएकी हसिनाले आफ्नो विरुद्धको फैसला गैरकानुनी र राजनीतिक उद्देश्यले प्रेरित भएको दाबी गर्दै मृत्युदण्डसँग आफू नडराउने बताइन्।
सन् २०२४ को विद्यार्थी आन्दोलनपछि बंगलादेश छाडेकी हसिनामाथि मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दामा मृत्युदण्डको फैसला भएको छ। यसैबीच भारतले बंगलादेशी नागरिकका लागि पर्यटक भिसा पुनः सञ्चालन गर्ने निर्णय गरेसँगै दुई देशबीचको सम्बन्ध सुधारतर्फ उन्मुख भएको विश्लेषण गरिएको छ।


प्रतिकृया दिनुहोस