रास्वपा नेता मिलन पाण्डे चीन प्रस्थान
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय नेता मिलन पाण्डेसहित विभिन्न विश्वविद्यालयका प्राज्ञ, पत्रकार तथा अन्य प्रतिनिधिहरूको टोली दोस्रो चीन–नेपाल युवा फोरममा सहभागी हुन सोमबार चीन प्रस्थान गरेका छन् ।
चीन जानेमा रास्वपाका केन्द्रीय नेता, विश्वविद्यालयका प्राध्यापक तथा अनुसन्धानकर्ता, पत्रकार र विभिन्न क्षेत्रका युवा प्रतिनिधिहरू सहभागी रहेका छन्। फोरममार्फत नेपाल–चीन सम्बन्ध, युवा नेतृत्व, शैक्षिक सहकार्य, सञ्चार तथा दुई देशबीचको आपसी समझदारी अभिवृद्धिका विषयमा छलफल हुने कार्यक्रम रहेको छ।
रास्वपाको प्रथम महाधिवेशन सम्पन्न भएको भोलिपल्ट नै केन्द्रीय नेता मिलन पाण्डे चीन प्रस्थान गर्नुभएकाे हाे । उहाँ फोरममा नेपालको तर्फबाट विभिन्न विषयमा आफ्ना धारणा प्रस्तुत गर्ने कार्यक्रम रहेको जनाइएको छ।
चीनको सिचुआन प्रान्तमा आयोजना भइरहेको दोस्रो चीन–नेपाल युवा फोरममा दुवै देशका सरकारी प्रतिनिधि, शिक्षाविद्, अनुसन्धानकर्ता, सञ्चारकर्मी तथा युवा नेताहरूको सहभागिता रहेको छ।


प्रतिकृया दिनुहोस