सुनचाँदी बजारमा ठूलो गिरावट, एक सातामै तोलामा १८ हजार ९ सय रुपैयाँ घट्यो सुन
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा लगातार गिरावट देखिएको छ। बिहीबार सुनको भाउ एकै दिन तोलामा ५ हजार २ सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार ३ सय रुपैयाँ कायम गरिएको छ। अघिल्लो कारोबार दिन सुन प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
केही सातादेखि निरन्तर ओरालो लागेको सुनको मूल्य एक साताको अवधिमै प्रतितोला १८ हजार ९ सय रुपैयाँले घटेको छ। गत बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार २ सय रुपैयाँ रहेको थियो।
यता, चाँदीको मूल्य पनि घट्ने क्रम जारी रहेको छ। बिहीबार चाँदीको भाउ प्रतितोला २५० रुपैयाँले घटेर ४ हजार २ सय ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ४ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।
एक साताको अवधिमा चाँदीको मूल्य पनि उल्लेख्य रूपमा घटेको छ। गत बिहीबार प्रतितोला ४ हजार ९ सय ५० रुपैयाँ रहेको चाँदीको भाउ हालसम्म आइपुग्दा ७१० रुपैयाँले घटिसकेको छ।
बजार विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि देखिएको हो।


प्रतिकृया दिनुहोस