• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

सुनको भाउ तोलामा १ हजार ६ सय रुपैयाँ घट्यो, एक सातामै ११ हजार ४ सय रुपैयाँले ओरालो

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँ कायम गरिएको छ।

अघिल्लो कारोबार दिन सुन प्रतितोला २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। यसअनुसार आज सुनको मूल्य तोलामा १ हजार ६ सय रुपैयाँले घटेको हो।

पछिल्लो एक साताको अवधिमा सुनको मूल्य उल्लेख्य रूपमा घटेको देखिएको छ। गत मंगलबार प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँ रहेको सुनको मूल्य हालसम्म आइपुग्दा ११ हजार ४ सय रुपैयाँले घटेको महासंघले जनाएको छ।

यता, चाँदीको मूल्य पनि ओरालो लागेको छ। सोमबार प्रतितोला ४ हजार ७३० रुपैयाँ रहेको चाँदीको मूल्य मंगलबार १४० रुपैयाँले घटेर ४ हजार ५९० रुपैयाँ कायम भएको छ।

गत मंगलबार प्रतितोला ४ हजार ९९० रुपैयाँ रहेको चाँदीको मूल्य पनि पछिल्लो सातामा निरन्तर घट्दो क्रममा रहेको देखिएको छ।

प्रतिकृया दिनुहोस