• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

सम्पत्ति शुद्धीकरण मुद्दामा एमाले उपाध्यक्ष विष्णु पौडेल विशेष अदालतमा उपस्थित

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

 

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा विशेष अदालतमा उपस्थित गराइएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेलमाथि थप अनुसन्धान गर्न २० दिन थुनामा राख्न अनुमति माग गर्दै मंगलबार विशेष अदालतमा उपस्थित गराएको हो।

विभागका अनुसार सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्टसँग शङ्कास्पद आर्थिक कारोबार देखिएपछि पौडेलमाथि अनुसन्धान अघि बढाइएको हो। सोही आधारमा विभागको सिफारिसपछि उनलाई सोमबार सुर्खेतबाट नियन्त्रणमा लिइएको थियो।

पौडेल सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ स्थित एक होटलबाट पक्राउ परेका थिए। पक्राउपछि उनलाई स्थलमार्ग हुँदै काठमाडौं ल्याइएको हो।

विशेष अदालतले विभागको मागबारे सुनुवाइ गरेपछि थुनामा राख्ने वा अन्य कानुनी प्रक्रिया अपनाउने विषयमा निर्णय गर्नेछ।

प्रतिकृया दिनुहोस