• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

चीन भ्रमणमा परराष्ट्रमन्त्री खनाल, उच्चस्तरीय भेटवार्ता र लगानी प्रवर्द्धनमा केन्द्रित

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चार दिने औपचारिक भ्रमणका लागि चीनको राजधानी बेइजिङ पुगेका छन्।

बेइजिङस्थित नेपाली दूतावासका अनुसार मन्त्री खनाल स्थानीय समयअनुसार आइतबार अपराह्न बेइजिङ पुगेका हुन्। विमानस्थलमा चीनका लागि नेपालका कार्यवाहक राजदूत रोशन खनाल तथा चिनियाँ विदेश मन्त्रालयका प्रतिनिधिहरूले उनको स्वागत गरेका थिए।

भ्रमणका क्रममा नेपाली दूतावासले आयोजना गर्ने स्वागत कार्यक्रममा सहभागी हुने तथा चीनमा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको जनाइएको छ।

परराष्ट्रमन्त्री खनालले आफ्ना समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता गर्दै नेपाल–चीन सम्बन्ध, विकास साझेदारी, आर्थिक सहकार्य तथा आपसी हितका विविध विषयमा छलफल गर्नेछन्। साथै उनले चीन सरकारका अन्य उच्च अधिकारीहरूसँग समेत भेटघाट गर्ने कार्यसूची रहेको छ।

भ्रमणका दौरान बेइजिङस्थित नेपाली दूतावासको आयोजनामा हुने लगानी सम्मेलनमा सहभागी भई नेपालमा वैदेशिक लगानी आकर्षित गर्ने विषयमा सम्बोधन गर्ने कार्यक्रम छ। यस अवसरमा चिनियाँ उद्योगी–व्यवसायीहरूसँग पनि छलफल हुने बताइएको छ।

परराष्ट्रमन्त्री खनाल आगामी असार ३ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।

प्रतिकृया दिनुहोस