• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

अवैध रूपमा नेपाल प्रवेश गर्न खोज्ने बङ्गलादेशी नागरिक झापामा पक्राउ

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

 

काँकरभिट्टा । भारतको बाटो हुँदै गैरकानुनी रूपमा नेपाल प्रवेश गर्न खोज्ने एक जना बङ्गलादेशी नागरिक झापामा पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शनिबार दिउँसो करिब १२ः४५ बजे मेचीनगर नगरपालिका–६ स्थित गैरीगाउँ क्षेत्रबाट ३३ वर्षीय एमडी सैफुल इस्लामलाई नियन्त्रणमा लिइएको हो।

बङ्गलादेशको चाँदपुर जिल्लाअन्तर्गत तुलातोली कचुवा मनोहरपुर–३६३० स्थायी ठेगाना भएका इस्लाम भारतको पानीट्याङ्की क्षेत्र हुँदै मेची खोलाको बगर प्रयोग गरी अवैध रूपमा नेपाल प्रवेश गर्न खोजिरहेको अवस्थामा फेला परेका थिए।

सीमा क्षेत्रमा निगरानीमा खटिएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाको टोलीले शङ्काका आधारमा जाँच गर्दा उनले गैरकानुनी रूपमा सीमा पार गर्न खोजेको खुलेको प्रहरीले जनाएको छ।

पक्राउ परेका इस्लामको साथबाट बङ्गलादेशी राहदानी समेत बरामद गरिएको छ। उनलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि काठमाडौँस्थित अध्यागमन विभाग पठाइएको छ । 

प्रतिकृया दिनुहोस