• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

बजेटले जनतालाई कति सन्तुष्टि दियो ? सांसद अमरेश कुमार सिंहको प्रश्न

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

 

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश कुमार सिंह ले आगामी आर्थिक वर्षको बजेटले आम नागरिकलाई कति सन्तुष्टि दिन सकेको छ भन्ने विषयमा सरकारसँग प्रश्न उठाउनुभएकाे छ । प्रतिनिधिसभामा बजेटमाथिको छलफलका क्रममा बोल्दै उहाँले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई लक्षित गर्दै बजेटको प्रभावकारितामाथि टिप्पणी गर्नुभयो।

उहाँले भन्नुभयो, “म मित्रलाई एउटा आग्रह गर्न चाहन्छु, यो बजेटबाट नेपालको कति प्रतिशत जनता खुसी भए ?”

सांसद सिंहले बैंकिङ क्षेत्रको अवस्थातर्फ पनि संकेत गर्दै बैंक तथा बैंकरहरू सन्तुष्ट भएको भए निक्षेपको वर्तमान अवस्था यस्तो नहुने तर्क गर्नुभयो।

त्यस्तै उहाँले संविधानले शिक्षा र स्वास्थ्यलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको स्मरण गराउँदै ती क्षेत्रमा बजेट पर्याप्त रूपमा विनियोजन गरिएको छ कि छैन भन्ने प्रश्नसमेत उठाउनुभयो।

प्रतिकृया दिनुहोस