• १२ श्रावण २०८३, मंगलबार
  • Tuesday,28 July,2026

चर्चामा कमल शिशिरकाे 'लाल्टिन बालेर' गीत (भिडिओसहित)

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । कमल शिशिरकाे 'लाल्टिन बालेर' बोलको गीत सार्वजनिक भएकाे छ ।

गुल्मीकाे मदाने गाउँपालिका-६ पुर्कोट दहका शिशिरकाे 'लाल्टिन बालेर' बोलको गीत सार्वजनिक भएको हो । 

शिशिरको आफ्नै युटुब च्यानलबाट हालै सार्वजनिक भएकाे साे गीतले अहिले टिकटक, रिल्स लगायतमा चर्चा पाइरहेकाे छ । माैलिक शब्द र रैथाने लय जगेर्ना गर्ने खालकाे गीत भएकाले सार्वजनिक भएकाे एकसातामै गीतले  चर्चा पाएकाे हाे ।

शिशिरका शब्दमा वसन्त थापा र देवी घर्तीको स्वर रहेकाे छ । गीतमा नन्दु परियारले संगीत भर्नुभएकाे छ । दिनेश पराजुलीको समूहले निर्माण गरेको गीतको म्युजिक भिडियोमा शेखर घर्ती मगर र रचना न्यौपाने फिचर्ड छन् ।  म्युजिक भिडियोको छायांकन दिनेश पराजुलीको समूहले गरेको छ भने सुजन कोइरालाको सम्पादन छ । 

शिशिरका अनुसार रोधीमार्फत जोडिने प्रेम सम्बन्ध र रैथाने लोकलयको संरक्षण गर्ने उद्देश्यले साे गीत तयार गरिएको हाे । स्वदेश र विदेशमा रहनुभएका नेपालीले गीतबारे सकारात्मक प्रतिक्रिया दिइरहेका शिशिरकाे भनाइ छ ।

समसामयिक राजनीतिक विषय, कविता, गजल लगायतमा कलम चलाउँदै आउनुभएका शिशिरकाे गीत लेखन भने पहिलाे प्रयास हाे । शिशिर हाल अष्ट्रेलियामा बस्दै आउनुभएकाे छ ।

गीत सुन्नका लागि तलकाे भिडियाे लिंकमा क्लिक गर्नुहाेस्

 

प्रतिकृया दिनुहोस