• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

सुनचाँदीको मूल्यमा भारी गिरावट, एकै दिन सुन तोलामा ८ हजार २ सय रुपैयाँले सस्तियो

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

 

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार सुनको भाउ एकै दिन प्रतितोला ८ हजार २ सय रुपैयाँले घटेको हो।

महासंघका अनुसार अघिल्लो कारोबार दिन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार घटेर ३ लाख ८ सय रुपैयाँ कायम भएको छ। यसअघि गत आइतबार सुन प्रतितोला ३ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्यमा पनि उल्लेख्य कमी आएको छ। अघिल्लो दिन प्रतितोला ५ हजार २३० रुपैयाँ रहेको चाँदीको भाउ आइतबार ३३५ रुपैयाँले घटेर ४ हजार ८९५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।

गत आइतबार चाँदी प्रतितोला ५ हजार ३४५ रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा समेत परेको व्यवसायीहरू बताउँछन्।

हाल सुनचाँदीको मूल्यमा आएको गिरावटले उपभोक्तालाई केही राहत पुगेको छ भने बजार कारोबारमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस