• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

नेपाल–भारत मन्त्रीस्तरीय वार्ता सम्पन्न

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

 

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री एस. जयशंकरबीच शनिबार नयाँदिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ । भेटमा नेपाल–भारत सम्बन्धका विभिन्न पक्षबारे विस्तृत छलफल गरिएको जनाइएको छ ।

दुई देशबीच व्यापार, आर्थिक सहकार्य, सीमा पार सम्पर्क सञ्जाल, ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन तथा जनस्तरको सम्बन्ध विस्तारलगायत विषयमा कुराकानी भएको नेपाली राजदूतावास, नयाँदिल्लीले जनाएको छ ।

त्यस अवसरमा दुवै पक्षले आपसी सम्बन्धको समग्र समीक्षा गर्दै दीर्घकालीन साझेदारीलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

भेटमा चलिरहेका द्विपक्षीय परियोजना तथा कार्यक्रमहरूको प्रगतिबारे पनि समीक्षा गरिएको थियो । साथै, तिनको कार्यान्वयनलाई थप प्रभावकारी र तीव्र बनाउने विषयमा विचार आदानप्रदान भएको बताइएको छ ।

त्यसैगरी, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय चासोका विषयहरूमा समेत दुवै मन्त्रीबीच छलफल भएको जनाइएको छ ।

प्रतिकृया दिनुहोस