• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

सरकारलाई अध्यक्ष ओलीको चेतावनी : उत्ताउलिएर अघि नबढ्नु 

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई उत्ताउलिएर अघि नबढ्न चेतावनी दिनुभएकाे छ । 
 काठमाडौंमा आजबाट सुरु भएको सदस्यता नविकरण विस्तार तथा उत्प्रेरणा कार्यशालाको उद्घाटन गर्दै अध्यक्ष ओलीले राणा शासन र पञ्चायती व्यवस्थाको आयु सकिएको बताँउदै उत्ताउलोपन लामो समय नटिक्ने बताउनुभयाे । 


 सरकार अराजक शैलीमा प्रष्तुत भएको उल्लेख गर्दै अध्यक्ष ओलीले यो तमासा लामो समय नटिक्ने बताउनुभयाे ।  ।‘अराजकता केही दिनको पाहुना हो । लामो समय चल्दैन’ अध्यक्ष ओलीले भन्नुभयाे ।

 अध्यक्ष ओलीले भदौको विध्वंसकारी आन्दोलनपछि कुनै पनि राजनीतिक दलका कार्यकर्ता बोल्न सक्ने अवस्था नरहेको बेला एमालेका नेता कार्यकर्ता त्यस अराजकताका विरुद्ध बोल्न थालेको बताउनुभयाे  । ‘भदौ २४ पछि अराजकता र हिंसाको डरले कोही पनि बोल्न सकेका थिएनन् ’ अध्यक्ष ओलीले भने ‘त्यतिबेला एमालेका नेता कार्यकर्ता वडा वडाबाट बोले । जसले अरु पार्टीलाई पनि मुख खोल्ने ठाउँ बनाइदिए । त्यसैले म एमालेका सबै कमरेडहरुलाई धन्यवाद दिन्छु ।’
गत फागुनको निर्वाचन तमासा मात्र भएको अध्यक्ष ओलीको भनाइ छ ।

प्रतिकृया दिनुहोस