• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

ट्रम्प–सी जिनपिङ वार्ता जारी, व्यापार र इरान मुख्य एजेन्डा

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौँ  ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच उच्चस्तरीय वार्ता जारी रहेको छ ।

यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले फक्स न्यूजसँगको अन्तर्वार्तामा सी जिनपिङले इरानलाई सैन्य उपकरण उपलब्ध नगराउने प्रतिबद्धता जनाएको बताएका छन् ।

ट्रम्पका अनुसार चीनले हर्मुज जलमार्ग पुनः सञ्चालनमा ल्याउने पक्षमा रहेको तथा अमेरिकाबाट तेल खरिद गर्ने विषयमा सहमति जनाएको छ ।

यसअघि बिहीबार चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिका–चीन सम्बन्धलाई विश्वकै ‘सबैभन्दा महत्वपूर्ण’ सम्बन्धको संज्ञा दिएका थिए भने ट्रम्पले वार्तालाई ‘अत्यन्त सकारात्मक’ बताएका थिए ।

ह्वाइट हाउसका अनुसार करिब दुई घण्टा चलेको उच्चस्तरीय बैठकमा व्यापार, ऊर्जा, तेल र इरानलगायत विषयमा विस्तृत छलफल भएको थियो।

प्रतिकृया दिनुहोस